Logo

रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै



काठमाण्डौ, ९ माघ ।  सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । यो अभियोगमा अदालतमा हाजिर हुन उनी हिजै भैरहवा पुगेका थिए । आज आफैं अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपाले जनाएको छ ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गएको आइतवार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्