Logo

रेलमार्ग निर्माण : काँकडभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने



काठमाडौं, १५ जेठ । झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ ।

बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गर्नुभएको हो ।

पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्ष अघि रेखाङ्कन गरि निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।

जग्गा धनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए ।

मुआब्जा वितरण गर्न नसकेको सरकारले रोक्का फुकुवा गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्