Logo

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु



रोल्पा, १६ मंसिर । रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि निर्माण गरिएको पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीका अनुसार झोलुंगे पुलको पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परेर दुई महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्