Logo

लाइन नकाटी बक्यौता उठाउन प्राधिकरणलाई आयोगको निर्देशन



काठमाडौँ, ११ मंसिर । विद्युत् नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले आज प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्ले कात्तिक २५ गते उद्योगको लाइन पनि जोड्ने र १५ दिनभित्र बक्यौता पनि उठाउने निर्णय गरेको थियो। सोसँगै प्राधिकरण सञ्चालक समितिले सो निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्योसँगै बक्यौता रहेकामध्ये लाइन काटिएका उद्योगमा प्राधिकरणले बिजुली जोडिदिएको थियो।

तर प्राधिकरणले १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने सूचना निकालेको थियो। सो १५ दिन भोलि सकिने भएपछि नियमन आयोगले प्राधिकरणलाई तत्काललाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बक्यौताबारे अध्ययन गर्न बनाएको प्राविधिक समितिले काम गरिरहेको भन्दै लाइन काट्ने विषयमा यथा अवस्थामा रहन भनेको हो

प्रतिक्रिया दिनुहोस्