Logo

वरिष्ठ नेता बोहोराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने, कुनै औपचारिक कार्यक्रम नगर्ने



काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता तथा संस्थापक सदस्य दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।

सो पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले वरिष्ठ नेता बोहोराको निधनपछि बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिेएको जनाउनुभयो ।

बोहोराको आज बिहान काठमाण्डौको ओम अस्पतालमा निधन भएको थियो । प्रवक्ता श्रेष्ठले जारी गरेको शोक वक्तव्यमा बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्