Logo

विविध कारणले नभ्याएर भारत भ्रमण नभएको हो: प्रधानमन्त्री ओली



काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विविध कारणले नभ्याएर भारत भ्रमण नभएको जिकिर गर्नुभएको छ।

बिमस्टेक बैठकमा सहभागी भई शनिबार बैँककबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विविध कारणले भारत भ्रमण हुन नसकेको तर असम्भव नरहेको बताउनुभएको हो।

बिमस्टेक बैठकमा सहभागी भई प्रधानमन्त्री ‌ओली शनिबार नेपाल फर्कनुुभएको हो। उहाले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटबार्ता गर्नुभएको थियो। सगरमाथा संवादका लागि पनि भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभएको थियो।

उहाले सञ्चारकर्मीहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभयो( ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै हो। यो बाहिर भारत भ्रमण अबरुद्ध भयो भनिएको छ, काँडेतार लगाएको छ र कसैलेरु त्यस्तो हुँदैन होइन।’ उहाले समयले साथ दिए सगरमाथा संवादअघि नै भारत भ्रमण हुने जिकिर पनि गर्नुभयो।

उहाले भारतीय प्रधानमन्त्री मोदीसँग राम्रोसँग कुराकानी भएको जिकिर पनि गर्नुभयो। उहाले भेटबाट मोदी खुसी भएको जिकिर पनि गर्नुभयो।

उहाले भन्नुभउो, ‘हामीले एउटा अठोट गरेको छौं नेपाल भारत सम्बन्धलाई अझ व्यापक र सुदृण गर्दै लाने र कुनै सानातिना समस्या छिमेकमा देखिनपनि त सक्छन् नि। त्यस्तो भइहाल्यो भने पनि संवाद गरेर टुंग्याउने गहिरो समझदारी गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्