Logo

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै



काठमाडौं, १९ कात्तिक । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमै हार बेहोरेको छ । नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भएको थियो ।

लिग–२ को अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने १९ खेल खेलेको यूएई ८ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्