Logo

विश्व टेस्ट च्याम्पियनशिपमा दक्षिण अफ्रिका जीत नजिक



काठमाडौं, ३१ जेठ । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका जीत नजिक पुगेको छ ।

अष्ट्रेलियासँगको फाइनल खेलमा दक्षिण अफ्रिका एडेन माक्रारमको शतकसँगै उपाधि नजिकै पुगेको हो ।

उपाधि जित्न २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रन बनाएको अवस्था छ ।

माक्ररम १ सय २ रनमा अविजित छन् । कप्तान टेम्बा बभुमा पनि ६५ रनमा क्रिजमा छन् । दक्षिण अफ्रिकालाई अब उपाधि जित्न ६९ रन आवश्यक छ । उसँग ८ विकेट छ । अझै दुई दिनको खेल बाँकी नै छ ।

अष्ट्रेलियाले समग्रमा २ सय ८२ रन बनाएको थियो । पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अष्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्