Logo

वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा



काठमाडौं, २४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिनु भएको हो । प्रधानमन्त्री ओलीले देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उल्लेख गर्नुभएको छ ।

‘वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्