Logo

शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ



दाङ, २१ वैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

बैशाख १९ गते बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका- ६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण भएको थियाे ।

रक्षाचाैर निवासी ३७ वर्षीय श्रेष्ठलाई सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरी घाइते बनाएका थिए ।

श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा चोट लागेकाे र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको थियाे ।

घटनापछि फरार रहेका आरोपी सुरेश सुनारलाई खोजी गर्ने क्रममा प्रहरीले बैशाख २० गते राति पाैने ९ बजे तुलसीपुर-४ हलुवारबाट पक्राउ गरेको हो ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्