झापा, १५ वैशाख । शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक–कर्मचारी माथि २६ गते भएको प्रहरी दमनको विरोधमा शिक्षकहरुले स्थानीय तहमै थप आन्दोलन चक्राउने भएका छन् ।
नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिको आयोजनामा २८ ओटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, बालशिक्षक, शिक्षक आवद्ध सस्थाहरुको सहभागीमा नाराबाजी सहित नगर परिक्रमा गरि शनिश्चरे बजार जेष्ठ नगरीकन चौतारीमा कोणसभामा परिणत भएको थियो ।
लामो समय शान्तिपुर्ण आन्दोलन गरि रहँदा सरकारले ब्यवस्था गरि शिक्षक माथी पानी तथा लाठीचार्ज गरि उल्टै शिक्षक र शिक्षा बिद्येयक ल्याउन आलटाल गरेको भन्दै आन्दोलन अब झन सशक्त बनाउने संघ नगर सचीव टंक न्यौपानेले बताउनुभयो ।
आन्दोलित शिक्षक कर्मचारीहरुको जायज माग प्रप्रि सरकारले ब्यवस्था गरि आम अभिभावक लगानी र विद्यार्थीहरुको भबिश्य बिगारिरहेको र नेपालको संविधान २०७२ जारी भैसक्दा पनि राजाको पालामा बनेको शिक्षा ऎन संसोधन गर्दै चलाइ रहनु सरकारको लज्जास्पद यो कार्यले आउने सन्ततिलाइ शिक्षा क्षेत्रमा जागीर खान समेत इच्छा नरहने उहाले बताउनुभयो ।
उहाले शिक्षा क्षेत्र तहसनहस हुने भन्दै शिक्षक सामान्य माग सहित शिक्षा क्षेत्रमा परिवर्तन गर्ने पटकपटक सम्झौता गरिएको र ती मागहरू सम्बोधन नभए आन्दोलन नरोकिने र सरकार रहेका या बाहिर रहेका पाटिको झोले भएर अब नहिन्ने शुभेच्छुक सस्थामा समेत नरहने र विद्यार्थी एवम् अभिभावकहरुलाइ शिक्षकहरुको आन्दोलनमा साथ सहयोग गरिदिन आह्वान समेत गर्नुभयो ।
अहिले आन्दोलनमा भएको समय शनिबार एवम् बिदाको समयमा समेत कक्षा सञ्चालन गरि भरण पोषण गर्ने प्रतिबद्धता शिक्षक नेताहरु नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, बाल शिक्षक मिना श्रेष्ठ, पूर्व महासंघ अध्यक्ष पुन्य सुबेदी, अन्टोका प्रदेश महासचिव कपिल तिम्सिनालगायतले आफ्नो भनाइ राख्नभएको थियो ।
नगरमा केही बिद्यालय सन्चालन रहेको खबर भएकोले तत्काल बन्द गर्न र बिद्यालय आउन समेत शिक्षकलाइ दवाब नदिन र आन्दोलनमा साथ दिन सम्बन्धित सबैलाई आह्वान गरिएको थियो । साथै आन्दोलनमा घाइते भएका शिक्षकहरुलाइ स्वास्थ्य उपचारको ब्यवस्थापन गर्दै स्वास्थ्य लाभको कामना गरिएको थियो । केन्द्रिय आन्दोलनमा आवश्यक परे जान समेत तयारी हुन नगर अध्यक्ष चन्द्र खत्रीले सवैलाई अपिल गर्नुभयो। महासंघ सहअध्यक्ष अमर राउतले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचीव टंक न्यौपानेले गर्नुभएका थियोे ।