Logo

शिव पञ्चायन मन्दिर देवनीयाधामको हवन कुण्ड उद्घाटन तथा हस्तान्तरण



झापा, १४ माघ । झापाको बिर्तामोड–७ स्थित खालबारीमा निर्माण भएको श्री शिव पञ्चायन मन्दिर देवनीयाधामको हवन कुण्ड उद्घाटन तथा हस्तान्तरण गरिएको छ । स्थानीय जेष्ठ नागरीक ९२ वर्षिय डिल्लीराम भट्टराईले अमेरीका भ्रमणका क्रममा आफन्तले दिएको चार लाख बढी रकम बाट निर्माण गर्नुभएको हवन कुण्ड आज (सोमवार) उद्घाटन पछी मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो ।

मन्दिर समितिकी अध्यक्ष रेनुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले हवनकुण्डको उद्घाटन गर्नुभएको हो ।

स्थानीय भिष्म न्यौपाने र डिल्लीराम भट्टराईले मन्दिरका लागि दिएको २/२ कठ्ठा जग्गामा मन्दिरका आजीवन सदस्य तथा स्थानीय चन्दाताकाको सहयोगमा मन्दिर निर्माण गरिएको हो । सोही अवसरमा जग्गादाता न्यौपाने र भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

मन्दिर समिति सदस्य शान्ता उप्रेतीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश मन्दिर समितिका सचिव नवराज भट्टराईले पार्नुभएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाईले स्थानीय क्षेत्रको विकासका लागि निर्माण गरिएको मन्दिरलाई सकेसम्म सहयोग गर्ने आश्वसन दिनुभयो । कार्यक्रममा बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले पनि वडाबाट सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष तथा सामाजिक ब्यक्तित्व सुवास भट्टराई, निचाझोडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल स्थानीय भक्तजनलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सरोज न्यौपानेले गर्नुभएको थियो ।

मन्दिरमा आगामी फागुन ३ गतेदेखि १६ गतेसम्म श्री शिव महापुराण ज्ञान महायज्ञ धान्याचल, द्रव्य तुलादान महायज्ञको गरिने मन्दिरका सचिवसमेत रहेको महायज्ञ सञ्चालन समितिका संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्