काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते हुनुभएको छ ।
गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते हुनुभएको हो ।
घाइते भएका ‘प्रचण्ड’ टाउकोमा चोट लागेको छ । उहालाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचार गरी उहा अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइृएको छ ।