Logo

संयुक्त महिला आवाज नेपालको दोस्रो साधाराणसभा सम्पन्न



झापा, १५ भदौ । संयुक्त महिला आवाज नेपालको दोस्रो साधाराणसभा तथा तिज मिलन कार्यक्रम झापाको विर्तामोडमा शनिवार सम्पन्न भएको छ ।

संयुक्त महिला आवाज नेपालकी केन्द्रिय अध्यक्ष शिखा खड्का गणेशको अध्यक्ष्ता एवं विर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा स्वागत सस्थाकी उपाध्यक्ष मुना खड्काले गर्नुभएको थियो ।

सो अवसरमा सस्थामा रहेर महत्वपूर्ण योगदान पुर्याउने तीन जना सदस्यलाई कदर पत्रले सम्मान गरीएको थियो । यसरी सम्मानित हुनेहरुमा सुरेखा मगर भट्टराई, शान्ता खतिवडा शविाकोटी, र कल्पना अधिारी बराल रहनु भएको छ । कार्यक्रमका प्रमुख आथिती नगर उप प्रमुख संग्रौलाले कदर पत्र प्रदान गर्नुु भएको थियो ।

त्यसैगरी सस्थामा हालै मात्र समावेश हुनुभएका दर्जन बढी आजिबन सदस्यहरुलाई पनि सो अबसरमा प्रमाण पत्र वितरण गरीएको थियो ।

सस्थाकी केन्द्रिय अध्यक्ष खड्काले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै गतिविधीका वारेमा जानकारी गराउनुभएको थियो । उहाले सस्थाले चारवटा पालिकामा शाखा विस्तार गरीसकेको जानकारी दिनुभयो ।


कार्यक्रममा प्रमुख अथिती नगर उपप्रमुख संग्रौला, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, सहारा नेपाल महिला विभाग प्रमुख चित्रकला ओली समाजसेवी उमानाथ पाण्डे , पत्रकार रञ्जित प्रसाई, वृन्दा बराल लगायतले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

महिलाहरुले तिज नृत्य समेत प्रस्तुत गरेको कार्यक्रमको संचालन संस्थाकी सदस्य कृतिका शिवाकोटीले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्