काठमाडौं, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिनुभएको छ।
आज ९आइतबार० को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिनुभएको हो ।
‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’ उहाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
सत्तापक्षका सांसदहरूले ‘हिंसात्मक’ राजावादी आन्दोलन गर्ने मण्डलेहरूलाई निकाल्नुपर्ने माग राखेका थिए ।