काठमाडौं, २८ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाउनुभएको छ ।
घिसिङले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाउनुभएको हो । उहालाई गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।
ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ स्पष्टीकरण सोधेका अनुमान गरिएको छ ।