Logo

सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली



काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गर्नुभएको छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनुभयो ।

आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भए पनि प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकारलाई बदनाम गर्ने भन्नेमा लागेको उल्लेख गर्नुभयाे ।

बिरोधीहरु लाग्छन्,’ उहाले भन्नुभयो, ‘यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो। तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ। त्यस्ता कुरामा म धेरै अल्मलिन चाहन्न।’

ओलीले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधारको विकास नगरी समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्