Logo

सरकारले नागरिक अधिकार संकुचित गर्‍यो, ७ वैशाखमा निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : लिङ्देन



काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिनुभएको छ ।

बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले उक्त चेतावनी दिनुभएको हो।

लिङदेनले भन्नुभयो, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’

उहाले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताउनुभयो ।

‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसविरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उहाले भन्नुभयो।

७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने उनले जानकारी दिनुभयो।

बैठकले वैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकामा सबै वडा तहसम्म सवै नेताहरू पुग्दै सङ्गठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताउनुभयो।

राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन थप चर्काउने चेतावनी दिएको हो।

प्रतिक्रिया दिनुहोस्