काठमाडौं, १७ जेठ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आफूहरूको लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।
समितिका संयोजक नवराज सुवेदीले शनिबार बेलुका भिडियो सन्देश जारी गर्दै आन्दोलनमा भएको जनसहभागिताबाट आफूहरू उत्साहित भएको र लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने बताउनुुभएको हो।
उहाले भन्नुभएको छ,’आन्दोलनमा सहभागी संख्या र उर्जा वृद्धि मात्र भएन, सडक बाटोछेउ, घरका छतछतबाट ताली बजाएर, नारामा साथ दिएर, काठमाडौँबासीले हाम्रो प्रयासमा होस्टेमा हैसे दिएको कारण हामी अझ उत्साहित भएका छौँ। यही जनादेशलाई शिरोपर गर्दै संयुक्त जनआन्दोलन समितिले लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने छ।’
आइतबार दिउँसो २ बजे नारायणचौरमा भेला भएर आन्दोलनलाई निरन्तरता दिने उहाको भनाइ छ।