काठमाडौं, २४ भदौ । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उहाँले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिनुभएको हो । उहाँले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो? भनि प्रश्न समेत गर्नुभयो ।
काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद पन्तले काठमाडांैको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गर्नुभयो ।
सांसद पन्तले सरकार र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनु भयो ।