झापा, २ फागुन । समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका गणेश ढुंगानालाई देवभूमि अंग्रेज़ी बिद्यालय अर्जुनधाराले वार्षिक उत्सवको कार्यक्रममा विशेष सम्मान प्रदान गरेको छ। ढुंगानाले झापामा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाले विशेष गरी दृष्टिविहीन तथा असहाय व्यक्तिहरूलाई राहत सामग्री वितरण गर्दै आउनुभएको छ । हाल अर्जुनधारा ११ सालबारीमा २ कठा ७ धुर जमिन लिइ उनिहरुलाइ बस्ने घर निर्माण गर्ने तयारीमा उहा जुट्नु भएको छ ।
बिद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा प्रिन्सिपल तथा शिक्षकहरूले ढुंगानाको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि समाजसेवामा निरन्तर लागिरहने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय समाजसेवी, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वार्षिक उत्सव कार्यक्रममा देव भुमि स्कूलले गणेश ढुंगानालाई रु ५ हजार नगद प्रदान गरिएको थियो भने झापा खुदुनाबारीका समाजसेवी श्याम कटुवालले पनि ढुंगानालाई रू ५ हजार नगद प्रदान गर्नु भएको थियो।
सम्मान ग्रहण गर्दै गणेश ढुंगानाले देवभूमि स्कूलप्रति आभार व्यक्त गर्दै सामाजिक सेवाका कार्यलाई अझ व्यापक रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले फोहोर संकलन गरी प्लास्टिक, फलाम, शिशा बेचेर आएको पैंसाले गरीब दुःखी तथा असहायको लागि बस्ने घर बनाउने अठोट लिनुभएको छ। उक्त प्राप्त रकम गरीब,दुःखी, असहायहरु लागि घर निर्माणमा प्रयोग गर्ने भनि सामाजिक अभियान्ता ढुङ्गानाले बताउनु भएको छ।