धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
उहाँले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रुपमा काम गर्नुभएको थियो । तत्कालीन सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले सरकार फेरिएसँगै पदबाट राजीनामा दिनुभएको थियो । शाहीले राजीनामा दिएपछि जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ ।