Logo

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो



काठमाण्डौ, ६ माघ ।  सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्