Logo

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो



काठमाण्डौ, २६ पुस । सुनको भाउ आज पनि तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ४० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्