काठमाडौं, १२ भाद्र । सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ।
यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो।
मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो।
चाँदीको मूल्य आज तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ थियो।