Logo

सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो



काठमाण्डौ, १४ माघ ।  सुनको भाउ तोला आज तोलामा  तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्