Logo

सुन भन्दै फलाम बेच्ने पक्राउ



काठमाडौ, ३ वैशाख । सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक व्यक्तिको उजुरीका आधारमा चारैजनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए ।

सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए । त्यस्तै डलर साट्ने भनि ठगी गर्ने र लुट्ने ३ जनाको गिरोह पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

त्यस्तै बिभिन्न स्थानमा चोरी गर्ने दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिभिन्न स्थानहरुमा चोरी, लुटपाट र पाकेटमारी गर्ने ३ जना भारतीय नागरिकलाइ पनि पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्