Logo

सुशासनका लागि कसैसँग सम्झाैता गर्दिनँ : मेयर शाह



काठमाडौं, १९ फागुन । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको छ ।

मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको नक्शा पास मेयरले गर्ने कानूनी प्रावधान नरहेको सम्झाउँदै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको हो ।

दुई जनाले अनियमितता गरेकोले महानगरले हटाएको र राम्रो काम गर्ने दुई जनालाई सङ्घीय सरकारले नै हटाएको शाहको दाबी छ । विधि र प्रक्रियाबाट मन्त्रीसँग समन्वय गर्दा पनि सहयोग नगरेको उहाँले उल्लेख गर्नुभएको छ ।

मेयर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरेर भोको पेट मारेर मलाई हराउन खोज्नुभएको छ भन्दै फेसबुकमा लेखेका मेयरले आज स्पष्टीकरणसहितको स्टाटस लेख्नुभएको छ ।

यस्तै मेयर शाहले सुशासनका लागि कसैसँग सम्झौता नगर्ने र सुशासन कायम गरेरै छोड्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्