Logo

सूर्यदर्शन सहकारी ठगी : भोलि सरकारी वकिलको जवाफी बहस सकिएर आदेश हुने सम्भावना



पोखरा, २४ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

आज जाहेवालातर्फको बहस सकिएसँगै भोलि सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । सम्भवत: भोलि जवाफी बहस सकिएर आदेश आउने सम्भावना रहेको छ ।

आदेशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्क्योल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्