Logo

सेफ्टी ट्यांकीमा निसास्सिएर तीनजनाको मृत्यु



नवलपरासी, १४ भदौ । पूर्वी नवलपरासीमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीनजनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा शौचालयको सेफ्टी ट्यांकी सफा गर्न गएका ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजाको मृत्यु भएको हो ।

सेफ्टी ट्यांकीमा बोहोस भएपछि उद्वार गरेर अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्