Logo

स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो



काठमाडौं, २५ जेठ । आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ।

स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन्।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।
गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो। स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ। स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ। नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ।

नेपाली टोली 

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

फोर्टहिल डन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्