काठमाडौं, २३ चैत । हङकङसँग हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा अन्तिम टाेली घाेषणा गरेको छ।
टोलीमा लाेकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन्।
यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, साेमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्।
टी-२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा सञ्चालन हुनेछ।