Logo

हचुमासामा पशु पक्षि बास बगैंचा



झापा, २५ साउन । हचुमास सामुदायिक बन उपभोक्ता समिति अर्जुनधारामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

पशु-पक्षि बास बगैचा कार्यक्रम अन्तर्गत हचुमास बन समिति, अर्जुनधारा नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा बन क्षेत्रमा जंगली हात्ती लगायत अन्य जनावर र चराचुरुङ्गीहरुबाट किसानको बालीनाली क्षती न्यूनीकरणका लागि निति तथा कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरमा रहेका शान्ति बन उपभोक्ता समिति, जुकेखाडी बन उपभोक्ता समिति,हलुकागड बन समिति र हचुमास बन उपभोक्ता समितिमा बन केरा, जामुन, क्यामुना, अमला, तितिरी, अम्बक, भालु बास, विभिन्न प्रजातिका जगलमा हुने फलफूलका पाच हजार बिरुवा लगाइएको र बिरुवा रोपेर मात्र नहुने भन्दै बिरुवाको हेरचाहका लागि स्थानीय र नेपाली सेना लगायतले सरक्षण गर्ने समेत जानकारी नगर प्रमुख बलदेवसिह गोम्देनले जानकारी गराउनु भएको थियो ।

यसै क्रममा हचुमासा बन उपभोक्ता समितिमा पाच सय बिरुवा स्थानीय उपभोक्ता, सामाजिक ब्याक्तित्वहरु एवम् नेपाली सेना अरिदमन गणका जवानहरु लगायतको सहभागीमा विभिन्न प्रजातीका बृक्ष रोपण गरिएको हो ।

बन क्षेत्रमा खानेकुरा केही नभए पछि पशु एवम् जनावरहरु आफ्नो आहारा ब्यवस्थापन गर्न गाउँ पस्ने र किसानको बालिनाली नस्ट गरिदिने र अन्न सहित आर्थिक क्षति हुने गरेको र नगरमा किसान तथा समस्या झेल्नेको डेलिकेसन आउने गरेकोले यो समस्या न्यूनीकरण गर्न योजना सम्बन्धित मन्त्रालयमा पेश गरि सकेको र यसका लागि सभामुख सम्माननिय देवराज घिमिरे र उपसभामुख माननीय इन्दिरा राना मगर यसै क्षेत्रको हुनु भएकोले यस कार्यक्रमलाई सहजीकरण गर्न अनुरोध गर्ने मेयर गोम्देनले जानकारी गराउनु भयो ।

हचुमासाका अध्यक्ष चन्द्र प्रसाइको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर देबि प्रसाद तिमसिना, नगरप्रमुख बलदेव गोम्देन, २१ बहिनिका युवधिरमान अधिकारी, अरिदमन गणका प्राजु बस्नेत, जगत मगर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण सचीव प्रभा नेपालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्