Logo

हल्दीबारी आधारभूत अस्पतालमा थाइराइड परिक्षण सेवा शुरु



झापा,  २३ पुस । झापाको हल्दीबारी गाउँपालिकाको आधारभूत अस्पतालमा थाइराइड परिक्षण उपकरण सञ्चालन गरेर सेवा विस्तार गरिएको छ। गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले आज (मंगलबार) उपकरणको उद्घाटन गर्दै सेवा विस्तार गर्नुभएको हो ।

हल्दीबारी गाउँपालिकामा अव थाइराइड, भिटामिन डि, बि १२ लगायतका स्वास्थ्य सेवा परिक्षण गर्न सहज हुने पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।

थाइराइड परीक्षण सेवाको उद्घाटन हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, अस्पतालका मेडिकल अफिसर एकलव यादव, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू आयुषा मेचे, भगिरथा दाहाल लगायतको उपस्थितिमा सम्पन्न भएको हो।

यो सेवाले स्थानीयलाई स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता हटाउँदै सुलभ र सरल स्वास्थ्य परीक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्