झापा, २७ माघ । हल्दीबारी गाउँपालिका वडा नं १ ले एक कार्यक्रम गरी २८ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरेको छ।
२८ घरपरिवारका १ सय ४० जना व्यक्तिको बिमा गरिदिएको वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो।
विपन्न नागरिकहरूलाई स्वास्थ्य सेवा लिन सहज होस् भनेर वडाको बजेटबाट बिमा गरिदिएको कार्यपालिका सदस्य एवंम वडा सदस्य शान्ता शिवाकोटीले बताउनुभयो।
वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली, वडा सदस्यहरू प्रकास कार्की र कुलबहादुर वान्तवाको उपस्थिति रहेको थियो। वडा सदस्य प्रकास कार्कीले स्वागत गरेको कार्यक्रमको सहजीकरण वडा सचिव तुलसा खत्रीले गनुभएको थियो।