Logo

हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ : राजेन्द्र लिङ्देन



काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताउनुभएको छ।

राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताउनुभएको हो ।

उहाले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताउनुभयो । पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमा नै बुझ्न उहाले आग्रह गर्नुभयो ।

त्यस्तै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिनुभयो । नेताले नियुक्ति गरेका मान्छेहरूले नेतालाई कारबाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङ्देनले धारणा राख्नुभयो ।

उहाले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेता मात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्