काठमाण्डौ, २ भदौ । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको समूह ुएु मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ुबीु मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५ देखि शुरुवाता भएको हो । नेपालले यो प्रतियोगिता आयोजना गरेको चौथो पटक हो । अहिलेसम्म पाँच संस्करण भएकोमा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलमा पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ । तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो ।
त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रश्तुत हुनेछ । नेपालले उद्घाटन खेलमा आईतवार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् ।