Logo

३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिएनन्



काठमाडौं, ५ वैैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार, ३५ उद्योगले मात्रै नेपाल गुणस्तर (एनएस) चिह्नको प्रमाणपत्र लिएका छन् भने ३७ ग्यास उद्योगले नेपाल गुणस्तर चिह्नको प्रमाणपत्र लिएका छैनन् ।

अहिले नेपालमा उद्योग विभागमा ७२ उद्योग दर्ता छन् । तिमध्ये ३५ मात्रै एनएस चिह्नको प्रमाणपत्र लिएको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोज उपाध्यायले बताए । ‘कुनै कारवाही नहुने भएकाले पनि धेरै उद्योगले एनएस चिह्नको प्रमाणपत्र लिएका छैनन्,’ उनले भने । सरकारले २०७३ देखि अनिवार्य रुपमा एनएस चिह्नको प्रमाणपत्र लिनु पर्ने व्यवस्था गरेको थियो ।

एनएस चिह्नको प्रमाणपत्र लिनेहरूमा काठमाडौंको नेपाल, बाराको एनएल, पर्साको मनोज, जगदम्बा, एभरेष्ट र सूर्य ग्यास, धादिङको श्रीकृष्ण, गीता, मेट्रो, ओम, कावसन्स, सुगम, श्री र भानु ग्यास रहेका छन् । त्यस्तै, इटहरीको प्रिमा, सिमराको नारायणी, चितवनको साईबाबा, नवलपरासीको जानकी, सुनसरीको मारूती, सुगम र कामाख्याले एनएस चिह्न प्राप्त गरेका छन् ।

धादिङको नमस्ते, त्रिवेणी, श्रीराम, श्रीसत्य नारायण, बनेपाको चण्डेश्वरी, पर्साको अम्बर, सुपर, चितवनको उग्रचण्डी, रूपन्देहीको बुटवल, मोरङको रिजालको भान्साघर, धनगढीको रोयल मल्टीकुक कन्र्सन, झापाको पाथिभरा, लियो, सुनसरीको प्राइमा र सिमराको नेपाल (नारायणी) ग्यासले यो चिह्न लिएका छन् ।

यसैगरी, नेपालगञ्जको मनकामना, काभ्रेको सगरमाथा, सूर्य र गौरी शङ्कर, रुपन्देहीको सिद्धनाथ, त्रिशुल र सिद्धार्थ, दाङको राप्ती, मकवानपुरको साहारा, धनुषाको नोबेल, झापाको पाथिभरा, लियो, सिमराको नेपाल (नारायणी), नेपालगञ्जको मनकामना, कास्कीको गृहलक्ष्मी र मोरङको कोशीले पनि एनसए चिह्नको प्रमाणपत्र लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्