Logo

६ पटकको विजेता पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो पोखरा गोल्डकपको उपाधि



काठमाण्डाै, ३ फागुन ।  विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

६ पटक उपाधि जितेको पुलिस पहिलो पटक फाइनलमा पुगेको ब्ल्याक बुल्ससँग पराजित भयो । ब्ल्याक बुल्स पहिलाे सहभागितामै विजेता बन्याे । पोखरा रङ्गशालामा आज भएको फाइनलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हरायो । ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे । पुलिसले एक गाेल आत्मघाती उपहार पायाे ।

सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो । ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्