Logo
  माघ २१, २०७९ शनिबार

भारतीय मानशिकतामा ‘नेपाल’



तारामणि सापकोटा ।

नेपालमा नाकाबन्दी लाग्नु भन्दा एक साता अघि हामी भारत राजस्थान माउण्टआबुको मिडिया कन्फ्रन्समा सहभागि थियौं । पूर्वी र पश्चिम नेपालबाट लगभग सय जना पत्रकार सहभागि थिए भने भारतका बिभिन्न प्रान्तबाट तीन हजार भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । आयोजक र सहभागि वक्ताले नेपाली पत्रकारलाई पनि सम्बोधन गरेपछि धेरै धारतीय पत्रकारसँग चिनजान भएको थियो । चिनजान भएका अधिकांश ४० बर्ष उमेर पार गरेका लाग्थ्यो । कति त कपाल फुलेका सेतै पनि थिए । पत्रकारितामा कोही १५, कोही २५ त कोही ४० बर्षसम्मको अनुभव सुनाउँथे । चिनजान भएका कोही भारतका स्थापित पत्रिका र टेलिभिजनका सम्वाददाता, कोही राज्य स्तरका पत्रिकाका सम्पादन तहमा रहेर लामो समयदेखी काम गर्दै आएको बताउँथे । भारतको पत्रकारितामा उनीहरुको लामो अनुभव अनुमान गर्न कुनै ग्राहो थिएन । तर, सबैका मुखबाट निस्कने केही प्रश्नले भने उनीहरुको अज्ञानता हो वा मानशिकता भन्ने प्रश्न उठ्थ्यो ।  
नेपाल जान पासपोर्ट चाहिन्छ ?, नेपाल भारतको प्रान्त होइन ? नेपालमा हिन्दी भाषा बोल्दा बुभ्mछन् ? बोर्डरमा जान के गर्नु पछ ? चिनजान भएका अधिकांशको प्रश्न यस्तो थियो । त्यसमध्ये एक जना मित्र नारायणघाट हुँदै पोखरा घुमेका रहेछन् । अर्को पटक बिराटनगर हुँदै भेडेटारसम्मको यात्रा गरेका रहेछन् । उनले भने ‘नेपाल धेरै नेचुरल छ ।’ उनले भने ‘नेपालमा माओवादीको लफडा सकियो की अझै बाँकी छ रु । उनी द्न्द्वकालमा नेपाल आएका रहेछन् । अर्का एक जना मित्रले ‘नेपालमा भारतमा जस्तै अंग्रेजको शासन थियो ?’ भन्ने जिज्ञाषा राखे । मैले नेपाल कहिल्यै अंग्रेजको साशनमा नआएको बताएँ ।  
भारतका सबै पत्रकार वा नागरिकमा यस्तै अज्ञानता नहोला । तर, अधिकांशमा भारतीय नागरिकमा नेपालप्रति ठूलो अज्ञानता पाइन्छ । अन्य समयमा भारत भ्रमणमा जाँदापनि यस प्रकारका प्रश्न सुन्ने गरिन्थ्यो । यसले भारतका पढेलेखेका पत्रकारको अज्ञानता पनि प्रस्ट हुन्थ्यो ।  नेपालको भ्रमण नगरेका वा नेपालका बारेमा स्वअध्ययन नगरेका भारतीयले यस्ता प्रश्न वा जिज्ञाषा राख्नुमा केही कारणहरु छन् ।
नेपालको तल्लो तहका विद्यालय स्तरको पढाइमा भारतमा अंग्रेजको साशन, त्यसका बिरुद्ध भारतीय जनता र नेताले गरेको संघर्ष, महात्मा गान्धीले भारत स्वतन्त्र बनाउन खेलेको भूमिका र उनको बिचार, दर्शनका बारेमा मात्र होइन भारतको सभ्यता, संस्कृति, धर्म, संस्कार, शिक्षा, स्वास्थ्य, ज्ञान, विज्ञान लगायत अनेक बिषयमा अध्ययन गराइन्छ । भारत नघुमेपनि नेपाली बिद्यार्थीले भारतका बारेमा धेरै जानेको हुन्छन् । तर, भारतका स्कुलमा ‘नेपाल एक सावैभौमसत्ता सम्पन्न देश हो’ भन्ने त कुरै छाडौं, ‘छिमेकी देश हो’ भनेर पनि पढाईंदैन । भारतीय विद्यालयमा ‘भारत खण्डे जम्बू दिपे’ भन्ने पढाइन्छ । यही मानशिकतामा अध्ययन अध्यापन हुन्छ ।
भारतीय बिद्यालय र कलेजमा छिमेकी देशको सावैभौमसत्ताको ज्ञान हुँदैन । अर्कातर्फ भारतीय शासक वर्ग अंग्रेजी शासनकालको मानशिकताबाट दिक्षित छ ।  शासकहरुको ठूल्दाई वा शासक मानशिकताले आम नागरिकलाई ‘भारत हमरा महान’ भन्ने सिकाइन्छ  । यो स्वभाविक पनि हो । हामीपनि नेपाल महान होस नहोस महान ठान्छौं । कुनै वर्ग, समुदायले महान नठान्नु अनौठौ होइन ।  भारतीय राजनीतिक नेता, शासक वा राज्य संयन्त्रले दिने सन्देश भनेको ‘पाकिस्थान हाम्रो मुख्य शत्रु, चीन हाम्रो प्रतिस्प्रधि र अमेरिका सबसे बडा शक्तिशाली देश ।’ अधिकांश भारतीयको दिमागमा भएको ज्ञान यही हो । यही स्कूलिङ्बाट भारतीय नागरिक, बुद्धिजिवी, नेता, कार्यकर्ता, कर्मचारी, प्रहरी, सेना लगायतको वर्ग र समुदाय प्रशिक्षित छ ।  
भारतीयहरु भाषा, सभ्यता, संस्कृति, वर्ण, भूगोल लगायतका आधारमा नेपाल भारतको भूमी हुनु पर्ने मानशिकतामा अहिले पनि छन् । स्वतन्त्र नेपालको अस्तित्व स्वीकार्न भारतीय शासकलाई मात्र होइन नागरिकलाई पनि असहज लाग्छ । भारतका थोरै राजनीतिज्ञ, बुद्धिजिवी, पत्रकार बाहेक कोही पनि नेपाल स्वतन्त्र हो भन्ने स्वीकार्ने पक्षमा छैनन् । भारतीय शासक वर्ग नेपाल स्वतन्त्र भएकोमा दुःखी छन् । पटक पटकको प्रयासमा पूरै नेपाल आफ्नो बनाउन असफल भारतीय शासक तराई भएपनि आफ्नो बनाउने रणनीतिमा छन् । पहिलेका शासकले आप्mनो आन्तरिक द्न्द्वले नेपाल लिन नसकेकोमा पछुताइरहेका छन् । अहिले नेपाल निल्न बिश्वले दिँदैन । त्यसैले नेपालालई थिलथिलो र जर्जर बनाएर भएपनि तराई कब्जा गरेर नेपाल मिसाउने तिर्सना मेट्ने पक्षमा छ भारत ।
हाम्रा बुद्धिजिवी नेपालका नदिनाला कब्जा गर्नु भारतको मुख्य स्वार्थ ठान्छन् । तर, त्यतिमात्र होइन भारत बेष्ठित सभ्यता भएका देशलाई मिसाउनु उसको मुख्य चासो हो । भारतले सिक्कीम निल्यो, भूटानलाई आप्mनो अधिनमा राखेको छ । श्रीलंका कब्जा गर्न तीन दशकसम्म जातिय द्न्द्व र्सिजना गर्यो । मालदिप, बंगलादेशमा उसको हेपाहा प्रवृति कयमै छ । पाकिस्थान मात्र त्यस्तो देश हो जसप्रति भारत सँधै डिफेन्सीफ हुन्छ । पाकिस्थानप्रति कहिल्यै आक्रमक बन्दैन । अरु सबैप्रति भारतले देखाउने व्यवहार आक्रमक, हेपाह र दलाह प्रवृति हुन्छ ।  
नेपाल भूपरिवेष्ठित वा शासक वर्ग खराव भएकाले मात्र गरिव भएको होइन् । भारतका शासक नेपालको असल छिमेकी र मित्र हुन नसक्नु प्रमुख कारण हो । अंग्रेजदेखि स्वतन्त्र भारतसम्मका सबै शासक छुद्र, परपीडिक, छिमेकीप्रति अनुदार र असहिष्णु हुनुको परिणाम हो । होइन भने हिमाल, पहाड र तराई, थोरै जनसंख्या भएको नेपाललाई प्रगती गर्न कुनै समय लाग्दैन । सुगौली सन्धीदेखि अहिलेसम्मका सबै नेपाली शासकलाई भारत नियन्त्रण गर्न चाहान्छ । उसको इसरामा नचल्लेलाई साम, दाम, दण्ड, भेद नीति अनुसार समाप्त पार्ने गर्दछ । भारतले भनेको नमान्ने नेता र पार्टीको हूर्मत लिएको हामीले देखेकै छौं । भारत बिरोधी हुने एमालेलाई दुई चिरा बनायो, माओवादी पार्टीलाई पाँच चिरा बनाईसक्यो, अरु कति चिरा बनाउने हो टुङ्गो छैन । कम्युनिष्ट पार्टी मात्र होइन भारतले भनेको लुरुलुरु नमान्दा काँग्रेसलाई पनि पटक पटक फुटायो । मधेसी पार्टी बनायो । त्याहाँपनि आफ्नो कुरा नमान्दा उपेन्द्र यादवको फोरम फुटायो । फुटाउने, जुधाउने, लडाउने, भिडाउने र ‘तम् शरणम्’ गराउने भारतीय नीति हो । यो नेपालका पार्टी र नेताले नबुझेका होइनन् । तर, भारतीय हर्कतको प्रतिवाद गरेर आपूm, आप्mनो पार्टीलाई कमजोर बनाउने जोखिम उठाउने पक्षमा छैनन् ।
भनेको नमान्दा नेपालमा नाकाबन्दी लगाउने र शासकलाई जनताको नजरबाट गिराएर सत्ताबाट गलत्याउने भारतको पुरानो रणनीति हो । तर, यसपटक भने भारतले लगाएको नाकाबन्दी सहन गर्न नेपाली नागरिक तयार भएका छन् । नाकाबन्दीले मधेसीका अघि एमाले, माओवादी, काँग्रेस लुत्रुक्क पर्लान ठानेको थियो । तर, परिणाम उल्टो भइदियो । नेपाली जनताले जस्तोसुकै नाकाबन्दी सहन तयार छौं तर भारतसँग नझुक्न खवरदारी गरेका छन् । यसले नेपाली जनताको नशानशामा राष्ट्रवाद संचार भएको छ । भारतप्रति झुक्तै गएका नेपाली नेतासँगै जनतापनि भारतको धेरै बिरोध गर्नु हुन्न भन्ने मानशिकतामा पुगेका थिए । तर, भारत र मोदीलाई धन्यवाद दिनै पर्छ, जसले नेपाली जनताको मर्दै गएको राष्ट्रवाद जगाइदिए ।   
 

प्रतिक्रिया दिनुहोस्