Logo
  माघ १७, २०७९ मंगलबार

अंशबण्डा गर्ने आसनमा बाँदर



खगेन्द्र संग्रौला । कथित प्रक्रियाको एकांकी बर्को ओडेर संविधानसभा हिजैको जस्तो भ्रष्ट संसदमा पतीत भएको छ । र, यो संसदमा हिजोका खलनायकी अनुहारहरु, स्वरहरु र चरित्रहरु हाकाहाकी प्रकट हुन थालेका छन् । हिजो आन्दोलनको राप र तापसामु त्राहीमाम भएर आन्दोलनका मुद्दाहरु अनिच्छापूर्वक स्वीकार गर्नेहरु आन्दोलनको राप र ताप मत्थर भएको मौका छोपेर अब आफू यथार्थमा जे र जस्तो हो त्यही औतारमा उजागर हुन प्जबनभलमचब क्बलनचबगबि द्दथालेका छन् ।

संघीयता आन्दोलनको मुद्दा थिएन, यो मधेशबाट आयो— ती भन्दैछन् । यो मुद्दा कताका कसको स्वार्थ बोकेर आयो रु — ती प्रश्न गर्दैछन् । धर्मनिरपेक्षताबारे सडक बोलेकै थिएन, यो कतबाट कसरी थोपरियो रु— ती हुङ्कार गर्दैछन् । नश्लवाद झल्किने पहिचानको दाबी कुन दिशाबाट आयात भयो रु— ती डुक्रिँदै छन् । हुँदाहहुँुँदा अब त प्वाक्क मुख फोरेर संघीयताको औचित्यमाथि नै प्रश्न उठाउन थालिसके । हिमाली, पहाडी र मधेशी नेपाली कति राम्रोसँग मिलेर बसेका थिए, यिनका बीचमा फाटो पार्ने संघीयता किन चाहियो रु तिनको डुक्राइमा यस्तो कुरा सुनिन थाल्यो । जातजातिहरुमाझ कति सुन्दर सद्भाव थियो, यो सद्भाव बिथोल्ने जातिवादी पहिचानको रागरटनाको उद्गम कता हो रु ती यसो भन्न थालिसके ।

तिनका यी सब प्रश्न र भनाइहरुमा लुकिबसेको चुरो कुरो के हो भने पञ्चायती राज्य र हैकम नै ठीक थियो । ऊबेला शान्ति थियो, अमनचैन थियो, सुख थियो । आखिर छयालीस सालपछिको संसदीय शासन पनि त सारभूतरुपले पञ्चायती राजकै निरन्तरता थियो । फरक केवल दुईवटा कुरामा थियो । हामीलाई राजा संवैधानिक भयो भनिएको थियो । र दलहरु फुक्का भएका थिए । तर शासनतन्त्र र संस्कृतिमा उही वर्गको हालिमुहाली थियो, उही जातको प्रभुत्व थियो, उही भाषा, उही भेष र उही धर्मको वर्चस्व थियो । र, अहिले नवधनाढ्य अभिजातहरु तिनलाई मनपर्ने र भोगचलन गर्न बानी बसेको उही दमनतन्त्रलाई संविधानमा लिपिबद्ध गर्न आतुर छन् ।

चुनावमा यी ख्वामित्हरुको भाका अर्कै थियो । यिनको मुद्रा अर्कै थियो । यिनका कुरा अर्कै थिए । यिनले निहुरिएर हात जोड्दै ‘हामी मधेर र मधेशी विरोधी होइनौ’ भनेका थिए । यिनले ‘उत्पीििडत मधेशीहरुलाई अधिकार दिलाउनु हाम्रो परम् कर्तव्य हो’ भनेका थिए । यिनले चेपारे बोलीमा ‘हामी पहिचानविरोधी होइनौ भन्दै’ इँइँमिमी गरेका थिए । यिनले ‘पहिचान हरिएकाहरुको पहिचानु नै हाम्रो अभीष्ट हो’ भनी ङिच्च हाँस्दै वाचा गरेका थिए । यिनका यिनै कपट लेपन गरिएका क्षमायचनाकारी वाचा र यिनका यिनै धूत्याइँपूर्ण कबोलहरुलाई पत्याएर थिचिएका मधेशीहरुले यिनलाई भोट दिए, हेपिएका जनजातिहरुले यिनलाई जित्न सघाए । तर अहिले यी ख्वामित्हरु ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’को कृतघ्न भेषमा देखापरेका छन् ।

यी तिर्खाले उखर्माउलो भएको बेला पानी पिएको इनारमा थुकेर हुनुसम्म बैगुनी चरित्र प्रदर्शन गर्दैछन् । छाँटले यिनले बिताउने भए । यिनले आफ्ना निश्छल मतदाताहरुलाई फेरि पनि ‘माछो–माछो, भ्यागुत्तो’को उपहार दिने भए । यिनले लोकका सोझासिधा जनका सपनामाथि फेरि पनि तुषारापात गर्ने भए । छाँटले यिनले आफूले खाइपाइ आएको पुरानो भूस्वर्गलाई ज्यूँकात्यूँ कायम राख्ने खालको संविधान लेख्ने भए । अघाएकाहरुका भागमा फेरि पनि ड्याउड्याउ डकार पर्नेभए र भोकाहरु फेरि पनि हेरेका हेर्‍यै हुनेभए । यस घडीमा आफ्ना मतले ढाडिएर ठूला भएका यी प्रभुहरुबारे मधेश र जनजाति महलका मददाताहरु के सोच्दा हुन् रु यस घडीमा गरिब र सीमान्त पाँतका मतदाताहरुका चित्तमा के कस्ता तर्कना खेल्दा हुन् रु

तिनलाई हामी छक्याइएछौँ भन्ने लाग्दो हो कि यो लेखान्तरको फल हो भन्ने लाग्दो हो रु तिनलाई आफ्नो सिधा र सरलपनप्रति पछुतो लाग्दो हो कि जीवनमा पहिले यस्तै भएको थियो, अहिले यस्तै भयो र पछि पनि यस्तै भइरहने छ भनी असहाय मुद्रामा ती भाग्यको शरण पर्दा हुन् रु
यो कुरुप यथार्थलाई एउटा कथामा राखेर प्रस्तुत गर्दा विषय रोचक होला । कथा यस्तो छ । भोका, अभावग्रस्त, अपहेलित, वञ्चित र दुस्खी जनहरुले घनघोर जङ्गल फाँडे । यो कर्मको मेसोमा कति जन विच्छीले टोकेर मरे । कति जनले सर्पले डसेर एकबारको जुनी गुमाए ।

कति जन भोकले धरतीमा ढले । कति जन धपेटीले धूलिसात् भए । यसरी रगत, पसिना र आँसुले जमिन भिजाएर तिनले मकैको खेती गरे । जब मकै पाके, सदाझैँ यस धरतीका लुटेराहरुले खेतीवालहरुलाई लखेटेर डाँडो कटाए । अहिले धरतीका माटिकोरेहरुले कत्रा दुस्खले फलाएको मकैबारी लुटेराहरुको कब्जामा छ । संसदमा पतीत भएको संविधानसभाको खाँट्टी चरित्र यही हो । दुस्खजीलो गरी मकै फलाए मिहेनती जनले, मकैको अंशबण्डा गर्ने आसनमा बस्न पुग्यो बाँदरको बगाल । यसउप्रान्त हुने हरिप नतिजाको बयान म कसरी गरुँ ? रातोपाटीवाट

प्रतिक्रिया दिनुहोस्