Logo
  माघ १७, २०७९ मंगलबार

प्रतिगमन हुँदैछ नेपालमा



देशु वनेम
                                 हजारौँ नेपालीको रगत बग्यो, कैयौँ घाइते भए । कैयौँको सिन्दुर पुछियो । काख उजाडियो । हजारौँले जेलनेलको बर्बर यातना भोगे । एउटा सुन्दर, समुन्नत र न्यायपूर्ण नेपालको निर्माणका लागि राज्यको सम्पूर्ण सत्ताको बागडोर समातेर बसेको सामन्ती राजतन्त्र, एकात्मक राज्य शक्ति र त्यसको छत्रछायाँमा रजगज गर्ने निरंकुश मतियारहरुको सत्तालाई ध्वस्त गरी गणतन्त्रको स्थागत गर्दै सबैलाई समाजमा पहुँच दिने समावेशीले लोकतन्त्र र त्यसका लागि धर्म निरपेक्ष राज्यको स्थापना एवम् राज्यको पुनर्संरचना गरी नयाँ नेपालको निर्माणको सपना आज आएर आफैँ ध्वस्त बन्दै छ, देश प्रतिगमनको सङ्घारमा छ । यस्तो अवस्थाको सिर्जनामा को–को जिम्मेवार छन् ? के–के कारक छन् ? यसको समीक्षा हुन अबेर भइसकेको छ ।
अहिले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा जनताको सुझाव संकलन गर्ने नाममा सार्वजनिक गरेको छ । सरसर्ती हेर्दा नै यो मस्यौदा २०४७ को संविधान र २०६३ को अन्तरिम संविधानभन्दा कुनै पनि आधारमा प्रगतिशील देखिँदैन, बरु कैयौँ नेपाली जनताको अधिकारमाथि अंकुश लगाउने र नेपाली जनताको आन्दोलनको भावना विपरीतका धाराहरु लिएर देखा परेको छ । वास्तवमा यो मस्यौदा नेपाली जनताको संविधान नभई ४ दल बीच भएको १६ बुँदे तमसुकको भावनालाई प्रतिविम्बित गर्ने प्रतिगमनकारी दस्तावेजका रुपमा आएको छ । नेपाली मुक्तिकामी जनतामाथि भयानक षड्यन्त्र भएको छ, ठूलो धोका भएको छ ।
कैयौँ क्रान्ति भए, हुन्छन् । तर, त्यही क्रान्तिभित्र प्रतिक्रान्तिको बीज रहेको हुँदो रहेछ । ती प्रतिक्रान्तिका खलनायकहरु क्रान्तिको खोल प्रतिक्रान्तिको तानाबाना बुनिरहेका हुँदा रहेछन् र अनुकूलताको प्रतिक्षामा बसिरहेका उनीहरु मौका मिल्ने बित्तिकै प्रतिक्रान्तिमा रुपान्तरण हुँदा रहेछन् भन्ने सत्यलाई यसले छर्लङ्ग पारेको छ । नेपालमा विल्कुल यस्तै भएको देखियो । २००७ को क्रान्तिमा जहानियाँ राणाशासन समाप्त गरी आमनेपालीको शासन प्रजातन्त्र स्थापना गर्ने भनियो । राणाहरु सत्ताबाट हटे तर प्रजातन्त्रको नाममा नवराणाहरुको शासन स्थापना भयो । यसलाई मूर्तरुप दिन २००७ सालसम्म अस्थिरताको प्रपञ्च सिर्जना गरियो र अनुकूल भएपछि राजा महेन्द्रले शाहतन्त्रको पुनस्र्थापना गरी झण्डै आधा शताब्दीसम्म एक्लौटी राजमार्ग निर्माण गरिदिए ।
तिनै सहिदहरुको दुहाई दिँदै पञ्चायती निरङ्कुश राजको जगजगी चल्यो । के २००७ को क्रान्तिका लागि बलिदान हुने सहिदहरुको सपना त्यही थियो त ? यसै पृष्ठभूमिमा पुनः २०४६ मा जनआन्दोलन भयो । जनआन्दोलनले २०४७ को संविधान जारी ग¥यो । देशमा संसदीय प्रजातन्त्रको माध्यमबाट जनताको अधिकार स्थापित गरी देश विकास गर्ने भनियो । तर, त्यसले नवपञ्चहरुलाई मलजल गर्दै पार्टीतन्त्रको खोलभित्र ज्ञानेन्द्ररुपी निरङ्कुश राजाको जन्म गरायो । अन्ततः माओवादीले १० वर्ष जनयुद्ध लड्नुप¥यो भने २०६२÷०६३ को आन्दोलनको बिजारोपण ग¥यो ।
माओवादीको १० वर्षे जनयुद्धको बुई चढेर २०६२÷०६३ को जनआन्दोलन भयो । त्यो आन्दोलनले माओवादीसहितको संसदको पुनस्र्थापना ग¥यो र त्यही पुनस्र्थापित संसदले नेपालमा राजतन्त्रलाई खारेज गरी गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष राज्य घोषणा ग¥यो । समावेशी लोकतन्त्रलाई आत्मसात गर्दै राज्यको पुनर्संरचना गर्ने अठोटका साथ २०६३ को अन्तरिम संविधान जारी गरियो । अन्तरिम संविधानमा राज्यको पुनर्संरचना गर्ने भनिए पनि संघात्मक संरचना बनाउने कुरा नहरेकाले मधेस तथा जनजातिहरुको आन्दोलन भयो र अन्तरिम संविधान संशोधन गरी नेपाल संघीय हुने भन्ने कुरालाई समावेश गरियो । तत्पश्चात संविधानसभाको निर्वाचन गरियो । जसले ६०१ जनाको संविधानसभा गठन ग¥यो । निर्वाचनको परिणामले माओवादी, काङ्ग्रेस र एमाले क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो शक्ति बन्न पुग्यो भने मधेसवादी दलहरुको पनि उल्लेख्य उपस्थिति गरायो । यी सबै दल २०६३÷०६३ का आन्दोलनकारी दलहरु नै थिए । तर, ६ वर्षमा पनि संविधान जारी गर्न सकेनन् र दोस्रो निर्वाचन भयो । दोस्रो निर्वाचनले काङ्ग्रेस, एमाले र माओवादीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो ठुलो दलका रुपमा उभ्यायो ।
दोस्रो संविधानसभाको निर्वाचनको परिणामले पनि ०६२÷०६३ का आन्दोलनकारी शक्तिहरुलाई नै शक्तिशाली बनायो । फरक यति मात्रै भयो कि एमाओवादी खुम्चिएर तेस्रो स्थानमा झ¥यो भने काङ्ग्रेस र एमाले हाराहारी मत ल्याएर पहिलो र दोस्रो स्थानमा पुगे । हिजोका पञ्चहरुको पार्टीहरुको शक्ति बढोत्तरी भएको देखियो । अब प्रश्न उठ्छ, त्यत्रो प्रचण्ड बहुमत रहेको आन्दोलनकारी शक्तिहरुले पहिलो संविधानसभाबाट किन संविधान जारी गर्न चाहेनन् र यो वा त्यो बहाना गर्दै संविधानसभा नै भङ्ग गरिदिए ? दोस्रो संविधासभाको निर्वाचन भएर पनि तत्काल संविधान जारी किन भएन र १६ बुँदे तमसुक नै किन गर्नुप¥यो ? कुरो प्रष्ट छ, पहिलो संविधानसभा प्रतिगमनको प्रतिकुल थियो ।
दोस्रो संविधानसभाको निर्वाचनको परिणामले यथास्थितिवादीहरु र प्रतिगमनको ताकतमा रहेका शक्तिहरुलाई खेल्न सक्ने केही अुनकूल वातावरण सिर्जना गरिदियो । यो लगभग १० वर्षको कसरतको दौरानमा काङ्ग्रेसभित्र कमजोर तथा ढुल्मुले चरित्रको नेतृत्व हावी हुँदै गयो भने एमालेभित्र कट्टर परम्परागत हिन्दु अनुदारवादीहरुको पकड बलियो बन्दै गयो । खुम्चिएको एमाओवादीको नेतृत्व पङ्क्तिभित्र विकास भएको निराशा र हतोत्साहीले उनीहरुलाई १६ बुँदेमा आत्मसमर्पण गर्न बाध्य तुल्यायो भने मधेस आन्दोलनभित्र छिरेको अवसरवादी समूहले पनि मौकामा किन चौका नहान्ने भन्दै प्रतिगमनको साक्षी बन्न पुग्यो ।
झण्डै एक दशकको सङ्क्रमणकालको ग्राण्डडिजाइन भित्र अब जारी हुने भनिएको संविधान नै मुख्य कडी हो । यसले आजसम्म नेपाली जनताले गरेको आन्दोलन र बलिदानलाई फेरि पनि प्रतिगमनको समाधीमा समर्पण गर्ने निश्चित छ । आन्दोलनका उपलब्धिहरुलाई मन्दविषका रुपमा तेजोबध गर्दै नेपाली समाजलाई अँध्यारो भविष्यको भड्खालोमा हाल्ने जुन कसरत भयो यो नेपाली इतिहासमा कालोदिनका रुपमा स्मरण गरिनेछ । प्रतिगमनको आँधी यसरी आयो, टुलुटुलु हेर्नुबाहेक कसैले केही गरेको खासै देखिएन ।
 
प्रतिक्रिया दिनुहोस्