Logo
  माघ १६, २०७९ सोमबार

क्याबात् ओली कामरेड !



दीपशिखा ।

कांग्रेस नेता एवं प्रधानमन्त्री सुशील कोइराला दबाबमा छन् । विकसित राजनीतिको घटनाक्रम त्यति भेउ नपाउने उनलाई अरुको दबाब र भरोसामा काम गर्नुपर्ने बाध्यता छ । सभामुख सुवास नेम्वाङले ‘म कालकूट विष पिउन तयार छु, मलाई संविधान मस्यौदाको जिम्मा दिनुस्’ भन्ने ‘वाणी’ के निकाले, कोइराला फुरुङ्ग भए । बालुवाटार फर्किएलगत्तै आफ्नै महामन्त्री सिटौलाले ‘उसो भए मस्यौदा समितिको काम के त रु’ भनी झपारेपछि उनी तत्कालै गले ।
एमाले अध्यक्ष केपी शर्मा ओली जण्ड छन् । उनलाई जितको मात छ । झलनाथ खनाल पार्टी अध्यक्ष छँदासमेत करीब करीब पार्टी आफैंले चलाएका ओलीलाई अहिले सरकार आफैं चलाइरहेको घमण्ड छ । उनले लगातार जिते । पार्टीका युवा जिते, महिला जिते, दलित जिते, मजदुर जिते, संविधानसभामा आफ्ना पक्षका सभाषद जिते, कुल योगफलमा पार्टी र दलको नेता जिते ।
ओलीले जितेपछि भनेका थिए, “तपाइँहरूसँग जस्तो लामो समय मसँग छैन । छोटो समयमा धेरै काम गर्नुछ ।” ओलीका पछिल्ला अभिव्यक्ति र बलमिच्याइँ हेर्दा उनी निकै हतारोमा छन् । संविधान दिने हतारोमा । शायद उनी वर्तमान सरकार गठन हुँदा नेपाली कांग्रेससँग गरेको सम्झौता ख्याल गरिरहेछन् । जहाँबाट कांग्रेसले प्रधानमन्त्रीको बागडोर एमालेलाई सुम्पनुपर्नेछ ।
यतिबेला उनले आफ्ना अप्ठ्यारा केही देखेका छैनन् । पार्टी अध्यक्ष आफैं छन् । संसदीय दलका नेता आफैं । त्यो दिने भनेको प्रधानमन्त्रीको आकांक्षी पनि आफैं एक्लै छन् । उनलाई लाग्दो हो– योभन्दा अनुकूल अवस्था अर्को के हुन्छ रु

    त्यो रङ्गको टुप्पोमा उनी ध्यानमग्न छन् । ध्यान छोडेर उनी कसरी सहमतिको बैठकमा जाउन् । जुन बैठकमा उनलाई मन नपरेकाहरू हुन्छन् । उनको यो सुनौलो यात्रामा भाँजो हाल्न आउँछन् । कहिलेकाहीं फनफनिंदै पुग्छन्– ‘तिमी बिहारी हौं’ भनेर फर्कन्छन् । निर्धा ती ‘बिहारी’ जूनकीरी जस्तो मशाल बाल्छन् । ओली रोमाञ्चक देखिन्छन् । सोध्छन्– ‘यसले पुतली डढाउँछ झलनाथ कामरेड रु’ झलनाथका गाला रसिला हुन्छन्, ओठ कमाएर भन्छन्– ‘कहाँ कमरेड यो त पुतलीको पखेटाको हावैले निभ्छ ।’ ओली बिन्दास हुन्छन् ।

अर्का एमाले नेता तथा पूर्व अध्यक्ष झलनाथ खनालको साथले उनी अझै उचालिन्छन् । खनाललाई राष्ट्रपतिको उधारो कचौरा थमाइदिएकै छन् । खनाल ओलीको उधारो कचौरा बोकेर स्वरमा स्वर मिलाउँदै मच्चिंदा छन् । अर्का प्रतिस्पर्धी नेता माधव नेपाल दाबा गर्न आउने ठाउँमा छैनन् । शायद यही भएर होला, मौन छन् । पार्टी ओलीकै हातमा छ । पार्टीका युवा नेताहरू उनकै लहलहैमा छन् ।
संविधानसभामा दुईतिहाइ मत छ । सभाध्यक्ष सुवास नेम्वाङ ओलीका लागि कालकूट विष खान तयार छन् । गृहप्रशासन आफ्नै हातमा छ । मुडे वामदेव जो गृहमन्त्री छन्– ओलीको पक्षमा गीत गाइरहेछन् ।
प्रेसको मूलधार ओलीको वाणी गाउँछ प्रत्येक बिहान । उसलाई पनि ओलीलाई जस्तै एकथान संविधान चाहिएको छ । प्रेसका बंगालाहरूमा बल्खु या सानेपाका कारिन्दाहरू छन् । तिनलाई हेरेर ओली फुरुङ्ग हुँदा हुन् । ओली हेरेर तिनी फुरुङ्ग छन् । तिनका काँधमाथि चौथो अंगको दज्र्यानी चिन्ह छ । तिनीहरु ओलीका विपक्षीलाई कटुवाल शैलीमा थर्काउँछन् । उनीहरूलाई ‘हेग’ कण्ठ छ । जनता उनका मन हुन् । उनका मन जनताका मन हुन् । उनका इच्छा जनताका हुन् । जनताका इच्छा उनले इच्छ्याइएका मात्रै हुन् ।
तिनको शक्ति बेजोडको छ । तिनी मानिसलाई पार्टी र पार्टीलाई मानिसमा बदल्न कत्ति समय लगाउँदैनन् । नागरिक अगुवा कृष्ण पहाडी र देवेन्द्रराज पाण्डेलाई उनले एकैरातमा माओवादी बनाइदिए । सैनिक जनरल कटवाल र व्यापारी कनकमणिलाई नागरिक अगुवा । ओहो उनको खटनपटन र आकलन बडो डरलाग्दो छ । पहाडी डराएर भागे, पाण्डे ट्वीटरमा लुसुक्क आउँछन् र क्रिकेटको कथा हालेर बस्छन् । उनले जानेका छन् समाजका कसलाई के भन्ने । शम्भु थापा एमाले उम्मेदवार हुन् त्यसैले उनी अधिवक्ता धेरै हुन् । सुबोध प्याकुरेल एमाले नेता हुन्– त्यसैले उनी मानवअधिकारकर्मी ज्यादा हुन् । रामनारायण विडारी माओवादी हुन् र अधिवक्ता कम । खगेन्द्र संग्रौला माओवादी र लेखक कम हुन् ।
ओहो चौपट् छ– देश ओलीमय छ । फेसबुकमा ओली छन् । ट्वीटरमा ओली छाएको छाएकै छन् । पत्रिकाका फ्रण्ट पेजमा ओलीको हातमा काम्रो बाँधेको फोटो आउँदो छ । बजारमा ओलीको चर्चा छ । चियापसलमा । चुरोट पसलमा । उनका उखान तुक्का प्रचलित छन् ।
आन्दोलनमा ओली हुन्नन् र पनि छन् । सडकमा ओली आउँदैनन् र पनि उनकै चर्चा छ । उनी भवनमा हुन्छन् । बैठकमा हुन्छन् । देशको निर्णायक ठाउँमा हुन्छन् । उनी भएका ठाउँबाट एकथान संविधान खोज्दैछन् । उनको जयजयकारमा रुख बिरुवा र पात बोल्दो छ । ओली महान् हुन् १
उनको संविधानमा उत्पीडित वर्ग छैन । जाति छैन । भाषा छैन । हालसम्मका संघर्षहरूको निचोडमा भएका सम्झौताहरू छैनन् । र पनि ओलीको संविधान छ । उनी पहिला भन्थे–संविधानसभा हाम्रो होइन । अहिले उनकै छ । उनी सुनाउँथे–परिवर्तनको एजेण्डा हाम्रो होइन । अहिले उनकै भएको छ । आन्दोलनमा उनी आन्दोलनकारीलाई दच्काउँथे– रत्नपार्कमा बदाम बेच्ने गाडा चढेर अमेरिका पुगिन्न । हो रहेछ, ओली महोदय जो बाटामा भाटा लिएर बसेका रहेछन् ।
ओली यी यावत् रङ्गहरूको टुप्पोमा छन् । त्यो टुप्पोबाट धरहरा देखिन्छ । त्यो टुप्पोबाट सिंहदरबार देखिन्छ । त्यो टुप्पो पनि अजिवको छ– जहाँबाट उपेक्षित कर्णाली देखिन्न । जहाँबाट अपहेलित मधेश देखिन्न । उनले छेक्न लगाएका छन्– ‘मेरो जन्मघर पूर्वपट्टि । मलाई राईरलिम्बुरकिरातीहरू डरलाग्दा लाग्छन् । तिनी नदेखियुन् ।’
आस्याङ्गका डम्फूसँग उनको बडो बेमेल छ । ऊ बेला उनी सेल्टर बस्दैदेखि तर्सेका । झापा काण्डतिर । दलितहरूसँग खास रुचि छैन । उनले गोल्चे सार्कीहरूको संगत गरेका छन् । ती दलितहरु फोहोरी हुन्छन् । उनलाई दलितको फोहोर र ज्यानको रोगसँग डर छ ।
उनी ठान्छन्– काठमाडौंका नेवारहरूले नहेरुन् । त्यो रङ्गको टुप्पोमा उनी ध्यानमग्न छन् । ध्यान छोडेर उनी कसरी सहमतिको बैठकमा जाउन् । जुन बैठकमा उनलाई मन नपरेकाहरू हुन्छन् । उनको यो सुनौलो यात्रामा भाँजो हाल्न आउँछन् । कहिलेकाहीं फनफनिंदै पुग्छन्– ‘तिमी बिहारी हौं’ भनेर फर्कन्छन् । निर्धा ती ‘बिहारी’ जूनकीरी जस्तो मशाल बाल्छन् । ओली रोमाञ्चक देखिन्छन् । सोध्छन्– ‘यसले पुतली डढाउँछ झलनाथ कामरेड रु’ झलनाथका गाला रसिला हुन्छन्, ओठ कमाएर भन्छन्– ‘कहाँ कमरेड यो त पुतलीको पखेटाको हावैले निभ्छ ।’ ओली बिन्दास हुन्छन् ।
लेखिदिने चौथो अंगका भाइहरू राखेर ओली कथा हाल्छन् । ‘सुशील कोइराला फर्के । देख्यौ नि, ऊ त्यो सिहंदरबारको गेटबाट निक्लिंदै गरेका उनै बूढा हुन् । अब म त्यता जाने बेला भयो । उतै आउनु– पिप्लामेट बाटाँ किन्ने सोच्या छु ।’
यतिबेला ओली सिंहदरबार जाने बाटामा छन् । मानिसहरू जयजयकार गरिरहेका । बग्गीमा कटुवालहरू छन् । बाजागाजा गर्ने बजेराहरू छन् । झलनाथ अघिल्तिर देब्रेपट्टि उभिएर भट्याउँदा छन् । मानिसहरू सिको गर्दा छन् । ओलीको हातमा एकथान संविधान छ । त्यो उचालेका छन् र देखाएका छन् । अधिवक्ता शम्भु थापाहरु त्यो संविधानको रक्षार्थ कालोकोटमा उभिएका छन् । बाटाहरूमा लामबद्ध मानिसहरू ताली लाउँदा छन् । ओली हात हल्लाउँदा छन् ।
क्याबात् ओली कामरेड, आजकाल बडो उम्दा छन् ।
 

प्रतिक्रिया दिनुहोस्