Logo
  माघ २२, २०७९ आईतबार

माओवादीभित्र अन्योलः एकता र विचलन



विश्वमान चित्रमा सवैभन्दा ठूलो संगठानिक संरचना बोकेर बनेको माओवादी केन्द्र दुनीयाँको नजरमा हतारमा बाँधिएको जंगली घाँसको मुठा जस्तै देखिएको छ । को कतिखेर कसको हातवाट तानिएर नेता भयो थाहा पत्तै नहुने, यो हाँस्यास्पद र पट्यारलाग्दो संरचना देखेर नै आपूmलाइ पत्तो नभई बनिएको केन्द्रय समितिवाट राजिनामा हाल्नेको लहर चलेको सुनिन्छ, देशभर । यसैको एउटा उदाहरण हुनसक्छ झापाका ३३ जना कार्यकर्ताको सामूहिक राजिनामा सहितको असन्तुष्टी । अब कसैले ढाँटेर ढाँट्न सक्ने अवस्था छैन कि माओवादी आन्दोलनमा विचलन आएको असत्य हो । कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुनुपर्ने हो । सैद्धान्तिक रुपमा स्वीकार गरिए पनि कामकाजी हिसाबले सामूहिक नेतृत्वको अभ्यास कमजोर भयो । सामूहिक नेतृत्वको जगबाट नेतृत्व विकास नहुँदा जग नै कमजोर भएको हो । हामीले गाउँ र सहरको काम र कार्यविभाजनको सन्तुलन सही ढंगले मिलाउन सकेनौं । हामी विगतमा कहाँकहाँ चुकेका थियौं, आगामी बाटो स्पष्ट गर्नका लागि त्यसको समीक्षा गर्न त जरुरी छ ।
दस वर्षे लामो जनयुद्ध त्यागेर शान्ति प्रक्रियाको फराकिलो मार्गमा यात्रारत भएयता एनेकपा (माओवादी) फुट र विभाजनको अकल्पनीय तगाराहरु झेल्न पुग्यो । शान्ति प्रक्रियामा सामेल हुनुअघि पनि युद्ध त्यागेर बौद्धिक कर्म र अनुष्ठानमा लागेका केही माओवादी नेताहरुले स–साना झुन्ड बनाएर आफ्नो अस्तित्व रक्षा गरिरहेका थिए । आफूहरु क्रान्तिकारी कर्मबाट च्युत नभएको सन्देश प्रवाहित गरिरहेका थिए ।
 माओवादी विचारधाराद्वारा डोरिएका दसवटा माओवादी पार्टीबीच एकता सम्पन्न भएपछि नयाँ शक्ति सञ्चयको दिशातिर माओवादी शक्तिहरु लागेको स्पष्ट संकेत दिएको छ । तर, माओवादी पार्टीबीचको एकतासँगै एउटा तिखो संशय पनि उत्पन्न हुन पुगेको छ । के यो एकता दीर्घकालसम्मै तन्किएला ?
कुनै पनि राजनीतिक शक्तिमा विभाजन आउँदा त्यसले ती शक्तिभित्र भौतिक र मनोवैज्ञानिक, दुवैरूपमा कमजोरी र शक्तिहीनताको बोध गराउँछ । माओवादीबीच विभाजनको अटुट शृंखला चुलिँदा कमजोर महसुस हुनु स्वाभाविकै हो । त्यसको प्रत्यक्ष असर संविधानसभाको दोस्रो निर्वाचनका क्रममा देखिन पुग्यो । पहिलो संविधानसभाको निर्वाचनमा दस वर्षे जनयुद्धको ऊर्जा र उमंगले भरिएको माओवादी पहिलो शक्तिका रूपमा उभिन पुगे पनि दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो शक्तिमा खुम्चन पुग्यो । संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा एउटा ठूलै हिस्सा, जनयुद्धताकाका ऊर्जावान व्यक्तिहरुलाई मोहन वैद्यले लिएर हिँडेपछि एमाओवादी कमजोर बन्नु अचम्मको विषय पनि थिएन । अझ, दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेको वैद्य समूहले निर्वाचनताका आफूहरुले भर्खरै सम्बन्धविच्छेद गरेर आएको शक्तिलाई अघोषितरूपमै भए पनि अवरोध सिर्जना गराउने उद्देश्यले एमाओवादी संविधानसभामा तेस्रो नम्बरमा झर्नु स्वाभाविकै देखिन्थ्यो ।
शरीर एउटै भए पनि रावणका टाउकाजस्तै दसथरी समूहमा विभाजित माओवादीबीच अहिले एकताको डोरी बाटिनु नेपालको कम्युनिस्ट आन्दोलनका निम्ति एउटा कोणबाट सुखद् पक्ष ठान्न सकिएला । तर, अहिले केही माओवादीबीच एकता भए पनि अझै आ–आप्mनो सोते पूmकिरहेका छन् । बेग्लाबेग्लै चुला–चम्का जोडेर आ–आफ्नो विचार र तर्कका भात छड्काइरहेका छन् । एकता भइसकेपछि आफ्ना कार्यकर्ता भनेर कित्ता लगाउनु कति मूर्खता हो । यो हेक्का राख्ने विषय हो ।
 एकताका क्रममा हिजो एमाओवादीबाट ठूलै हिस्सा लिएर अलग्गिएको बैद्य समूह उत्साहित नदेखिनुले अहिलेको एकतालाई अपुरो तुल्याएको छ । शक्तिका हिसाबले वैद्य समूह अगाडि रहे पनि उक्त समूहका पूरै नेता एकता प्रक्रियामा नआउनु र स–साना समूह बनाएर बसेका मात्र एकता प्रक्रियामा सामेल हुनुले अहिलेको एकता मनोवैज्ञानिकरूपले सार्थक देखिए पनि भौतिक हिसाबले भने त्यति मजबुत नदेखिएको प्रष्टै छ ।
विगतमा दर्जनौं टुक्रामा पार्टी विभाजित भएपछि न्यास्रिएका कतिपय माओवादी कार्यकर्ताबीच एकताको सुखद् खबरले खुसी सञ्चार गराएको हुनुपर्छ । यो स्वभाविक हो । आखिर, एकताको कुराले  उत्साह जगाउनु र ऊर्जावान तुल्याउनु पनि नौलो कुरा होइन । तर, यतिबेला माओवादीबीच एकता हुँदा नेतारकार्यकर्तामा व्याप्त उत्साह र ऊर्जालाई दीर्घकालीनरूपमै स्थायित्व दिने गरी पहलकदमी गरिएला वा अहिलेको माओवादी एकता दुई दिनको घामछायाँमात्र हुने त होइन ? यस्ता संशयहरुलाई मेट्ने गरी नेतृत्व तहले खासै विश्वास जगाउन नसकेको हुँदा रुस्टतापनि बाक्लिँदै गएको देखिन्छ । वैचारिक मतभिन्नताले फुटको दैलो उघारेको थियो कि ? व्यक्तिगत टकरावले फुटलाई प्रश्रय दिएको थियो  ? कुनै देशी र विदेशी शक्तिको उक्साहटमा लागेर फुटलाई निम्त्याउन सघाएको थियो वा आफ्नो निहीत स्वार्थ र उद्देश्य प्राप्तिका लागि फुटको मार्ग रोजिएको थियो ? यस्ता अनगिन्ति प्रश्नको जवाफ कार्यकर्ता पंक्तिले नेतृत्वसँग खोज्नु स्वाभाविक हो । र, यस्ता प्रश्नबाट माओवादी नेतृत्व पन्छिन उचित पनि हुँदैन । नेतृत्व पंतिले यसको जवाफ दिनैपर्छ । तर, एकतामा रमाइरहेका माओवादी नेताहरुले विगतमा भएका फुट र विभाजनको औचित्य बताउन सक्नुपर्छ ।
 विभाजन र एकताको कारण नखोजी छाताको आकारमा निमार्ण गरिएको संगठनिक संरचनाको कुनै तुक देखिँदैन । कार्यकर्तालेपनि बढुवाको खुशी मनाउनु भनेको मुतको न्यानोमा निदाउनुभन्दा कम होइन । किन की विगतको फुटको औचित्य सावित नगरी एकताको लहरमा उभिँदा त्यस्तो एकताको धरातल निश्चय नै बलियो हुँदैन, कमजोर माटोमाथि निर्मित ढुंगे घरभन्दा तात्विकरूपले फरक हुँदैन ।
सत्ताको लागि संघर्षमा सर्वहारा बर्गसित संगठन सिवाय अर्को कुनै हतियार हुँदैन, लेनिनवादी मान्यतापनि यही हो । यदी यो सत्य हो भने छाता आकारको संगठनान्मक संरचनाको काम के हो ? त्यसकारण सही कार्यदिशा तय गरिसकेपछि त्यसलाई प्राप्त गर्न सोही अनुरुपको संगठनको संरचना, स्वरुप र संगठानात्मक पद्धतीको आवस्यकता पर्दछ । यसकालागि आधारहरु खोजिनु आवश्यक छ ।
नेपालमा कम्युनिस्ट पार्टीबीच विभाजनको रेखा कोरिनु र पुनः एकता हुनुलाई नौलो विषय मान्न सकिँदैन । छ दशकभन्दा लामो इतिहास बोकेको कम्युनिस्ट आन्दोलनको इतिहास फुट र विभाजनको कैयौं चक्रले फन्को मारेको छ । विचारको तहमा सामान्य असहमति र विवाद उत्पन्न हुनेबित्तिकै त्यसलाई पार गरेर, उत्पन्न अन्तर्विरोधहरुको व्यवस्थापन गरेर जानुभन्दा विभाजनको बाटोलाई नै उपयुक्त मान्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्र एउटा स्थायी प्रकृतिकै रूपमा स्थापित रह्यो । वैचारिक मतभिन्नता हुँदा एउटै थलोमा बस्न सकिन्न, यो यथार्थ पक्ष हो । तर नेपालका कम्युनिस्ट पार्टीहरु वैचारिक मतभिन्नताका आधारमा मात्र फुटेका छैनन् ।
कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमा घुसपैठ गराएर विभाजन ल्याउने र आफ्नो सत्तालाई दीर्घकालीनरूपमा तन्काउने कार्य पञ्चायतकालीन समयमा व्यापक रह्यो । त्यसकै सिको बहुदलीय व्यवस्थाका समयमा पनि हुन पुग्यो । २०५४ सालमा नेकपा (एमाले) मा विभाजन आउँदा एउटा समूहको स्वार्थलाई भजाउँदै तत्कालीन समयमा प्रमुख प्रतिस्पर्धी राजनीतिक दलले एमाले विभाजनमा आन्तरिक भूमिका निर्वाह गरेको पक्ष समयान्तरमा सतहमै आयो । आखिर, आफ्नो मुख्य प्रतिस्पर्धीलाई कमजोर नतुल्याई आफू शक्तिशाली नहुने तथ्यबाट कुनै राजनीतिक शक्ति विमुख छैनन् ।
अहिले माओवादीबीच एकता भए पनि विगतमा के कति कारण र आधारले फुट र विभाजनको दुःखद् अध्याय रचिन पुगेको थियो ? एकताको सूत्रमा बाँधिएका माओवादी नेताहरुको मुहारमा चमक र उल्लासका बिम्ब तैरिइरहे पनि विगतमा भएका फुटको औचित्य सावित गर्नमा भने  नेताहरु शतप्रतिशत नै उदासिन र निकम्मा देखिएका छन् । किन यस्तो भइरहेछ ? यो गम्भिर प्रश्न हो ।
 हाम्रो उद्देश्यमा तुवाँलो लागेजस्तो भयो । हो कहिले काहीं आन्दोलन हार्न सक्छ । संसारमा सफलताको नजिक पुगेका ठूल्ठूला आन्दोलन असफलताको शिकार भएका उदहरण धेरै छन् । तर हाम्रो आन्दोलन हार्ने, तर केही सीमित नेता कार्यकर्ता जित्ने जस्तो हुन गयो । हामी कार्यकर्ताभन्दा नेता फरक र जनताभन्दा कार्यकर्ता फरक भयौं । नेताले कार्यकर्ताको र कार्यकर्ताले जनताको विश्वास गुमाएपछि सुरु भएको विचलन, विघटन र ओरालो यात्र जारी छ । पार्टी नेतृत्वले गम्भीरतापूर्वक आधारभूत जनताका आकांक्षा, आवश्यकता र मनोविज्ञान बुझ्ने काम गरेन । जनयुद्धबाट आएका कार्यकर्ताका पीडाबारे कसैलाई वास्ता भएन । बाहिर देखिएका वा पर्दा पछाडिका जे जे कारणले भए पनि माओवादी आन्दोलन कमजोर र रक्षात्मक भयो । यो सवै बैचारिक विचलनकै कारण हो ।
 कुनै पनि कम्युनिष्ट पार्टीको सफलता वा असफलताको निर्णायक पक्ष भनेको विचारधारात्मक राजनीतिक कार्यदिशा नै हो । यसमा हामिले भ्रम पाल्न जरुरी छैन । अवपनि हामीले विचारधारात्मक कार्यदिशा नबनाउने र गाँजाको मुठो बेरेजस्तो संगठनिक संरचाना बेर्दै जाने हो भने हामी अब घेराबन्दीको उत्ककर्षतिर जाँदैछौं । त्यसको महसुस बेलैमा गर्न सकिएन भने झन् डरलाग्दा दुर्दशाका दिनहरु आउनेछन् । अझै पनि विवेकपूर्वक अगाडि बढ्ने हो भने सम्हाल्नै नसकिने अवस्था छैन । त्यसकालागि अव ढिलो नगरी माओवादी आन्दोलनको पुनर्गठन गरी नयाँ आधार तय गर्नु जरुरी जरुरी छ ।
दmििबmष्अजजबलभ२नmबष्।िअयm

 

 

 

प्रतिक्रिया दिनुहोस्