Logo
  माघ २२, २०७९ आईतबार

यौन व्यवसायीसँगको एकदिन



विमल लामिछाने
पत्रकारिता गरेको लामै समय भए पनि शहरीया परिवेश मेरा लागि नयाँ थियो । बजारको नियमलाई उल्लङ्घन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो… । हेलो तयारी रहनु है हामी ९ बजे एउटा कार्यक्रममा जानु छ । मैले जवाफ दिए मेरो म्यागजिनको लागि एउटा रिर्पोटिङ गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन हौ । रिर्पोटिङ पनि हुन्छ, भिजिटिङ पनि हुन्छ जानुपर्छ है । उनले ढिट गरेपछि मैले स्वीकारे चिनजानी भएको धेरै नभए पनि भेटघाट र उठबसको हिसाबले हाम्रो मित्रता गाढा भइसकेको थियो । 

उनी र म बीचमा फरक यति थियो कि उनी धनाड्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागे । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ साथी थपिए, मानौँ योजना बनाएजस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधैझैँ चिया खाने निधो भयो । म त्यसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारे । इन्द्रले स्कारपियो हुइक्याए र एक आलिसान महलको गेट भित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारिरहेका थिए । मलाई पनि यो आलिसान महलको प्रवेश असहज भइरहेको थियो । तर, केही योजना होला भनेर बोलेको थिइन । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तव्य बारे अन्योलमा रहेछन् । ‘स्कारपियो हलको पार्किङमा छि¥यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेस्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबै पट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।

मैले प्रश्न गरे– हामी यहाँ किन आइरहेका हौँ ? इन्द्रले हास्दै जवाफ दिए नो प्रोब्लोम । माल हान्ने हो क्या आज । मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचे पसलका केही सामानहरु लानु रहेछ क्यारे… ! माल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्केइलो पाराले आफ्नै शैलीमा फोनमा बोल्न थाले ।

‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आउ है ।’ हाम्रो एक राउन्टको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।

इन्द्रले उनीहरुलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौँ । उनीहरुको यस्तो हल्का प्रस्तुती थियो कि मानौँ हामी सधैँ भेट भइरहने निकटका साथी हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरु बसे । बिना सङ्कोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटोन भन्दै हतारिरहेका थिए । इन्द्रले हतार–हतार केही खुसुक्क भनुला झैँ गरेर जुरुक उठे र एउटीको कान फुके अनी हामीलाई भने– ‘साथी हो ल माल छान्नुहोस् हैँ…। मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ ? 

समय बित्न नपाउँदै इन्द्रले जुरुक्क उठेर चारमध्ये बीचकी एउटीको हात च्याप्प समाते उनी जरुक्क उठिन र मुसुक्क हाँसिन् । बनावटी हाँसो जस्तै गरेर उनीहरु एकअर्काको अँगालोमा बेरिएर पर्दा पछाडि पसे । हामी तीनमध्येका एक पनि इन्द्रकै सिको गरेझैँ गरेर अर्कौ कोठाको पर्दा भित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो ।    

धेरै समय शून्यतामा रह्यो । म मनमनै सोचिरहेको थिएँ, यिनीहरु कसरी यो पेसामा लागे होलान् ? यिनीहरुसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुने थियो कि ? या हामीलाई यिनीहरुले नामर्द भन्दाहुन्… या… यस्तै खुल्दुली भइरयो ।

शून्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे– सर, तपाईंहरु…? साथी बोल्न नपाउँदै म अघि सरेर भने– हामी ऊ त्यो खुल्ला चौरीको कुर्सीमा जाऊ न है, उनीहरु मुखामुख गरेर हेरिरहे । न कि उनीहरुलाई लाग्दै थियो होला हामीबाट उनीहरुको रोजीरोटी नचल्ने भो । मेरो स्थान छनोटमा उनीहरुको असहजतालाई चिर्दै भए पनि चौरीतर्फ लाग्यौँ । चौरीमा सजाइएका टेवल कुर्सीमा हाम्रो बसाई आम्ने–साम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाई जोडी जोडी नै भयो । 

अर्को जोडीले के गफ ग¥यो मैले चासो राखिन । तर, मेरो भागमा परेकी उनीलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँसु झारेर भक्कानिँदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।

केही समयपछि उनले आप्mनो जीवन जीउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्– 
मेरो बुबा आजभन्दा आठवर्षअघि द्वन्द्वको बेला बेपत्ता हुनुभयो, बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहीनी मात्र भयौँ, हाम्रो परिवार गरीब थियो, गरीबीका कारण समाजले पनि हामीलाई हेला गर्दथ्यो, सानी बहिनीलाई माइजुले पढाइदिन्छु भनेर मावली लानुभयो, त्यो बेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो, नकाबधारीहरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालै–पालो बलात्कार गर्थे, आमाको आँखा अगाडि म चिथोरिँदा र मेरै अगाडि आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन ।
यावत क्रममा समय बित्दै गयो, दुई वर्षपछि मेरी आमालाई पाठेघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसालाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई मर्न दिने पक्षमा पनि थिइँन, म पैसाको खोजीमा भौतारिरहेकी थिएँ । मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सघाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्यौ । तर, कागजी काम सकेर पूर्जा हातपारेपछि ठूलोबुबाले पैसादिन आलटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढङ्गबाट फसाइएको रहेछ । ठूलोबुबाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो । 
बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नु परेको थियो । आमाको उपचार गर्नु मेरो दायित्व पनि थियो । म कामको खोजीमा भौतारिएकी थिएँ, त्यहीबेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाडौँ लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनु भयो । म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको सन्तुष्टिका लागि प्रयोग गरे । एक रातमा नौ दश जनासँग सुत्नुपथ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर, पालेले समातिहाल्थो । तीन महिनापछि साहू बाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारवादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ म बुझौला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ  र उनीहरु पनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।
म आमालाई भेट्न भनेर काठमाडौँबाट हिँडेँ । त्यही दिन बिहान आमाको देहवास भइसकेको रहेछ । अब त म बुबा–आमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टी सकेर महिला सञ्जाल मार्फत् न्याय खोज्न पुनः काठमाडौँ आउदै थिएँ । म चढेको गाडी बाटामा पम्पचर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाडौँ ओर्लिदा साँझ परिसकेको थियो । बसपार्कबाट कहाँजाने भनेर म सोचिरहेकी थिएँ । एकजना दिदीले मलाई बोलाइन्, मैले आप्mनो कामबारे बताएँ । उनले आज राति भयो, यतै बसौँ भोलि सबेरै जानु, भनेपछि म उनीसँगै गएँ । बिहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वरसम्म गयौँ, तर उनले मलाई एउटा होटलमा लगिन् र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहाले ।
म त्यहाँबाट एउटा बहाना बनाएर बाहिर निस्के र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामबारे सबै बताएँ । तर, त्यहाँ पनि एक हप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन । खल्ती पनि रित्तो भइसकेको थियो । अब के गर्ने होला ? सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ । दुई भाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे, मैले कामको खोजीमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केही समयपछि एउटाले बदाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाइ पनि बदाम दिए, म भेकाएकी थिएँ, बदाम खायौँ । चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए । फ्रुटी खाएपछि मलाई रिगटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ, म बेहोस भएँछु । म होसमा आउँदा एयरपोर्टको पछाडीको चौरीमा थिएँ । मलाई उनीहरुले बलात्कार गरेर भागेछन् । म पागल जस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिँड्न थालेँ ।
ममाथि पौडेर त्रिप्ति लिनेको सङ्ख्या एकिन छैन । अहिले मेरो व्यवसाय नै अर्कालाई सन्तुष्टी दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र बिर्तामोड । मसँग कन्ट्याकमा आउने पछारिने, मलाई चुस्ने र सन्तुष्टी लिने धेरै छन् । कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन् त कति अपरिचित । तर, मलाई सबैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर, अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन । न कि मैले बताउन चाहेकी पनि थिइँन ।
आज मलाई तपार्इंले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबा पनि मलाई सानामा माया गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे …।

उनी डाको छाडेर रुन थालिन्, भक्कानिएर मेरो छात्तीमा टाउको राखेर रुँदै भनिन्– प्लिज म तपाईंलाई बाबा भन्छु है …। 
 

(लेख सत्य घटनामा आधारित भए पनि पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए संयोग मात्र हुनेछ ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्