Logo
  माघ २२, २०७९ आईतबार

भरतपुर सङ्ग्राममा प्रजातन्त्र हार्नु हुँदैन



प्रजातन्त्र मानवीय व्यवहारमा आधारित पद्धति हो । यो पद्धति मानिसवाहेकका पशुपँछी वा वनस्पति आदिका लागि होइन । त्यसैले प्रजातन्त्र मानवीय व्यवहार सापेक्ष हुन्छ । प्रजातन्त्र नेपालमा पनि छ, अमेरिकामा पनि छ र स्वेडनमा पनि छ । तर स्वेडनका बासिन्दाको आचारण अमेरिका वा नेपालका मानिसको भन्दा पृथक छ । त्यसैले स्वेडनको प्रजातन्त्र अमेरिकाको वा यहाँको भन्दा भिन्न अनुभूत हुन्छ । त्यहाँ पुगेका, त्यहाँ बसेका वा त्यस ठाउँका बारेमा जानेका मानिसहरु भन्छन््, त्यहाँका मानिस कानुनको पालना गर्नु आप्mनो कर्तव्य ठान्दछन्् । हामी यहाँ कानुन तोड्नमा गौरव गर्छौं । सानै उदाहरण लिउँ न मोटर साइकल चलाउँदा हेल्मेट लगाउनु पर्ने नियम छ तर बाटामा प्रहरी भेटिने सम्भावना छैन भने हेल्मेट नलगाउन रमाउनेको संख्या बढी हुनसक्छ । हामीलाई हेल्मेट आप्mनो सुरक्षाको लागि हो भनेर सिकाउने र बुझाउने कसले ?  

कुनै बिषय विशेषको कुरा गर्दा कतिले भन्छन््, अमेरिकामा यस्तो छ, जर्मनीमा यस्तो छ, बेलायतमा उस्तो छ तर त्यहाँ छ भनेर यहाँ नेपालमा पनि हुन्छ वा हुनु पर्छ भनेर मान्न सकिन्न । यो कुरा प्रजातन्त्रका बारेमा पनि लागु हुन्छ । प्रजातन्त्र त्यहाँ फस्टाउँछ जहाँका व्यक्ति–व्यक्ति प्रजातन्त्रका मर्मलाई बुभ्mदछन्् र त्यही मर्मअनुरुप आपूmलाई प्रस्तुत गर्दछन्् । प्रजातन्त्र लादिएका ठाउँमा होइन, स्वतस्फूर्त ग्रहण गरिएको वातावरणमा बढी फस्टाउँ छ । यसको अर्थ यहाँको प्रजातन्त्र नै बेग्लै हुनु पर्छ भन्ने होइन । राजनीति दृष्टिबाट प्रजातन्त्र एउटा पद्धति हो । त्यसको सफलता त्यसलाई अनुशरण गर्नेमाथि निर्भर गर्दछ । अर्थात् प्रजातन्त्र मानिसको जीवन पद्धति पनि हो । प्रजातन्त्रलाई आप्mनो जीवन पद्धति बनाउन अभ्यासरत नागरिकको संख्या जति बढी भयो प्रजातन्त्र त्यति नै फस्टाउँछ । प्रजातन्त्रको अवस्था नागरिक सापेक्ष हुन्छ अर्थात् जस्ता नागकि त्यस्तै पद्धति ।

शासन पद्धतिका रुपबाट प्रजातन्त्रलाई हेर्ने हो भने जनताले आपूmले आपैmमाथि शासन गर्ने प्रणाली हो प्रजातन्त्र । जनता त सबै एकै खालका वा एकै बिचारका त हुँदैनन् । त्यसैले तत्काल सत्तामा को जाने त भनेर निर्णय गर्नका लागि वहुमत कता छ त्यो हेर्नु प¥यो । त्यसैका लागि निर्वचनको परिकल्पना गरिएको हो । तर निर्वाचन पश्चात मत गणना हुँदा आपूm हार्ने देखेपछि ‘म यो चुनाव मान्दिन’ भन्नेको उपचार प्रजातन्त्रमा छैन । त्यस्तो सोच राख्ने मानिसका लागि प्रजातन्त्र खुर्पाको बिँड हो । 

माओवादीले प्रजातन्त्रलाई आत्मसात गर्ने कुरै भएन । त्यो जत्थाभित्र दुई खाले मानिस छन्् । एक खाले समाज रुपान्तरणको सपना देखेरै लागेका छन्् । अझ यसो भनौं नेताहरुको जनता भुल्याउने रकमी क्रान्तिकारी कुरा पत्याएर लागेका छन्् अर्काथरी नेताहरु हुन् जसलाई थाहा छ आपूmले बोलेको कुरा व्यवहारमा आउन सक्दैन तर जनतालाई त्यसैमा अलमल्याएर आप्mनापछि लगाउन सकिन्छ । त्यसैले उनीहरु दुई जिब्रे कुरा गर्छन्ः कार्यकर्तामाझ एक खालको र अन्यत्र अर्को खालको । सशस्त्र युद्धबाट ‘जनसत्ता’ ल्याउन सकिन्न भन्ने पछिल्ला बग्रेल्ति उदाहरण हुुँदाहुँदै प्रजातन्त्रका बिरुद्ध किन बन्दुक उठायो माओवादीले ? यसको सही उत्तर प्रचण्ड लगायतका दुई चार नेतालाई मात्रै थाहा होला ।

मानिस कांग्रेसभित्र कोइरालाहरुको परिवारवाद भयो भन्थे । तर कोइरालाहरुमा केही गुणवत्ता थियो र न उनीहरु नेतृत्वमा टिक्थे । त्यो पनि कति भयो र ? विपीपछि गिरिजा र त्यसपछि शुशील । कोइराला त अभैm छन्् । बिपी पुत्र त महामन्त्री नै छन्् तर कोइराला हुँदैमा नेता हुने त होइन रहेछ नि । अहिले पनि पक्का गरेर भन्न सकिन्छ कोइराला कोही भए माओवादीसंग चुनावी साँठगाँठ गर्ने नै थिएनन् । बिपीले जनमत संग्रहताका त कम्युनिस्टहरुसंग मोर्चा बनाउन मान्नु भएन । त्यही झोंकमा केहीले बाहेक अधिकांश कम्युनिस्टले पहेंलोमा भोट हाले । भलै अहिले र उसबेलाको सन्दर्भ फरक थियो ।

माओवादीले भाँचिदिएको कांग्रेसको खुटमा हालेको रड झिकीसकेको छैन, कुन हातले हँसिया हतौडामा भोट हाल्छ उसले ? देउवालाई त डर थियो गिरिजालाई जस्तै मलाई पनि धोका दिने हुन् कि प्रचण्डले भन्ने, त्यसैले उनलाई रिझाउन देउवा जेसुकै गर्न तयार थिए । तर जनमत आइसकेपछि त्यसलाई त मान्नु पर्छ नि । अन्यथा चुनावमा भाग लिएको किन ? त्यसैले मत पत्र च्यातेर रडाको मचाउने माओवादीको मागलाई सम्बोधन गर्न अहिले निर्वाचन आयोगले गरेको निर्णय अनुसार भरतपुरको १९ नं. वडामा पुन मतदान भयो भने त्यसले दोस्रो चरणको निर्वाचनमा कुन हविगत ल्याउन सक्छ भनेर अनुमान गर्न सहज छ ।

उच्चस्तरीय आयोगको छानविनबाट मत च्यात्ने कार्य नियोजित थियो भन्ने खुलिसकेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई शौचालय जान मन लाग्नु र मत पत्र च्यातिनु संयोग मात्रै होइन भन्ने कुरा छानबिन आयोगले मुख्य निर्वाचन अधिकृत न्यौपानेलाई समेत घटनामा दोषी करार गरेबाट प्रस्ट भइसकेको छ । त्यसैले च्यातिएका भनिएका ९० मतलाई अलग राखेर मतगणना जारी गर्नु सबैभन्दा उत्तम विकल्प हो । यसरी गणना गर्दा हारजितको परक नब्बे मात्रै वा सोभन्दा कम भएको अवस्थामा पुनः मतदान गर्नु पर्छ भन्नुको अर्थ हुन्छ अन्यथा पुनः मतदानको माग गर्नु र सो माग अनुसार मतदान गराउनु प्रजातन्त्रमाथिको खुला डकैति हो । यसमा को को कसरी संलग्न छन्् समय क्रममा उनीहरुले आप्mनो अपराधको हिस्सा भोग्नै पर्ने हुन्छ ।

यही बर्ष गर्नु पर्ने अभैm तीन वटा निर्वाचन बाँकी छन्् । त्यसमध्ये स्थानीय तहको दोस्रो चरणको निर्वाचनको त मिति तोकिएर कार्यक्रम नै सार्वजनिक भइसकेको छ । त्यसको मत गणनाको क्रममा हार्ने पक्षले देशैभर मत पत्र च्यातेर सरकारलाई चुनौति दियो भने सरकारले के गर्छ ? जस्तो एमाले अध्यक्ष ओलीले भनिनैरहेका छन््, हामी पुनः मतदान मान्दैनौं । भोली एमालेले यसलाई आन्दोलनको रुपमा अगाडि बढायो भने ? यो त उही बुढी मरी भन्ने होइन काल पल्क्यो भन्ने पीर भने जस्तो भएन ?

सुनिन्थ्यो प्रचण्डपुत्रीलाई भरतपुर महानगरपालिकाको सिंहासनमा राख्नका लागि शेरबहादुर देउवाले गरेको साँठगाँठको विरोधमा छ चितवन कांग्रेस तर अहिले ऊ पनि माओवादीसंग लोलि मिलाएर पुनः मतदानको कुरा गरिरहेको छ । हुनतः संगठनको कुनै एउटा निकायमा रहेको देउवाको हनुमानले त्यसो भनेको होला तर अरु कांग्रेस मौन किन ? हुन सक्छ अहिले असन्तुष्टहरु मौन छन्् । भोलि तिनले भन्न सक्छन््, देउवाले गर्दा रुखमा भोट हाल्न पाइएन । अस्ति हँसिया हतौडामा हालियो, अब सूर्यमा हाल्दा के फरक पर्छ ? कम्तिमा त्यसले प्रजातान्त्रिक पद्धतिको विजय त गराउँछ ।

माओवादी केन्द्रका कार्यकर्ताहरु समेत प्रचण्डपुत्रीको सति जान तयार नहोलान् नि । माथि नै भनिएको छ असल नियत भएका मानिसको कमी छैन माओवादीमा । मलाई त केसम्म लाग्छ भने स्वयं रेणु रुष्ट होलिन् पिताश्रीको रवैया देखेर । रेणु आपूm खराब होइनन्, उनी बन्दुक बोकेर लडेकी युवा लडाकु हुन् । बन्दुक बोक्ने सबैलाई खराब भन्न मिल्दैन यद्यपि त्यसो गर्न आवश्यक थिएन, शान्तिपूर्ण आन्दोलन गरेर नै परिवर्तन ल्याउन सकिन्थ्यो । रेणुलाई जहाँ जित्ने थिइन् त्यहाँ दिँदा हुन्थ्यो अथवा उनलाई प्रदेशतिर पठाएर पनि सम्मान गर्न सकिन्थ्यो । भरतपुर प्रकरणले त माओवादी मात्रै होइन रेणुलाई समेत क्षति ग¥यो ।

हुनत निर्वाचन आयोगले पुन मतदान गराउने निर्णय गरिसकेपछि त्यो होला नै तर त्यसले कस्तो रुप लिन्छ भन्ने अहिल्यै आकलन गर्न सकिन्न । प्रजातन्त्रका लागि लामो संघर्ष भएको छ र त्यसलाई सामान्यजनले समेत बुझेको छ । त्यस्तो अवस्थामा प्रजातन्त्रका आधारभूत मान्यतामाथि नै भएको हमलालाई जनताले कसरी समर्थन् गर्लान् त ? राजनीति बुझेका मानिस कांग्रेस र एमाले अब एक भएर बढ्नु पर्छ भन्छन्् किनभने यी दुई पार्टीबीच अब सैद्धान्तिक मतभेद बाँकी रहेन । अबको मतभेद भनेको नेताको निर्वाचन क्षेत्रको सुरक्षा र जुँगाको लडाइँ मात्रै हो । त्यसैले भरतपुरमा पुनः मतदान भयो भने काग्रेसका जुझारु कार्यकर्ताले एमालेसंग मिलेर माओवादीलाई घुँडा टेकाउँदैनन् भन्न सकिन्न । 

हुनतः माओवादीका सामु पनि प्रजातन्त्रको विकल्प छैन, उसले प्रजातान्त्रिक पद्धतिमै आपूmलाई बिस्तार गर्नु पर्दछ जसरी एमालेले गरिरहेको छ । समस्या नेताहरुमा छ, उनीहरु कार्यकर्तासंग खुल्न सकिरहेका छैनन् किनभने अहिलेसम्म पनि उनीहरुले आप्mना कार्यकर्तालाई कथित जनवादी क्रान्तिको सपना रटाइरहेका छन्् । त्यसैले भरतपुरमा खबरदारी गर्न प्रजातन्त्रमा विश्वास हुने सबै एक जुट हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्