Logo
  माघ १५, २०७९ आईतबार

गुटबन्दीका उम्मेद्वार र अन्तरघाती मत



मलाई हिजो आजका नेतामा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ मन पर्छ । उनी शालिन छन् । तर्कवद्ध कुरा गर्छन् । आदर्शवादी जस्तो पनि लाग्छ उनका कुरा सुन्दा । तर अचेल उनको पकड पार्टीमा कम्जोर छ । उनी पार्टीका सल्लाहकार जस्ता मात्रै रहेका छन् भन्ने आशयको एउटा समाचार एक दैनिकमा पढेपछि वर्तमान राजनीतिका बारेमा एकछिन् घोत्लिन मन लाग्यो । आप्mनो पार्टीका साथीहरुप्रति असन्तुष्टि पोख्दै उनले भनेका रहेछन् – चुनाव लड्नै पर्ने, जित्नै पर्ने, पैसा कमाउनै पर्ने थियो भने दश दश बर्ष किन लडेको त ? अरु संसदवादीभन्दा आपूmहरु फरक हुनु पर्छ भन्ने आग्रह छ उनको । उनका कति कुरा कम्युनिस्टकै जस्ता लाग्छन् यद्यपि उनी अहिले कम्युनिस्ट हुन् भन्ने मलाई लाग्दैन । वहुदलीय लोकतन्त्र स्वीकार गरेपछि कोही पनि कम्युनिस्ट रहँदैन भन्ने मेरो बुझाइ हो । 

२०३० सालतिर मैले नेपालको राजनीतिक इतिहास पढ्ने प्रयास गरें । त्यस बेला कम्युनिस्ट पार्टीका घटकहरुबारे थाहा पाउँदा आश्चर्य लाग्थ्यो । अहिले पनि नेपालमा कति वटा कम्युनिस्ट पार्टी छन् भन्ने कुरा साह्रै थोरैलाई मात्रै थाहा होला । तिनका दस्तावेजहरु अधिकांश पढ्नका लागि रोचक लाग्दैन थिए, त्यसमा प्रयुक्त शब्दहरुको विशेष अर्थ लाग्ने । लाग्थ्यो एउटा कम्युनिस्ट शब्दकोष भइदिए पनि हुन्थ्यो । प्राविधिक बिषय जस्तो । एकसरा टर्रा शब्दको थुप्रो जस्तो । अनि एकले अर्कालाई लगाएका आरोप र तिनका प्रत्यारोपहरु । साँच्चै भन्दा घिनै लाग्ने प्रकृतिका । 

फुटेर जानेले सिद्धान्तका कुरा देखाउने, साविककाले बिचलित भएर गएको भन्ने जस्ता अनेक प्रसंगहरु हुन्थे । उस बेला देशमा दलहरुमाथि प्रतिवन्ध भएकाले यी सबै काम भूमिगत अवस्थामा नै हुने भएकाले तिनको जानकारी चासो राख्ने समेत सबैकहाँ पुग्न सक्दैन थियो । आपसमा गालि गरागर गर्ने कुराको प्रचार समेत सीमित रुपमा हुन्थ्यो । मेरा एक अग्रज मित्रले भन्थे कम्युनिस्टहरु किन फुट्छन् भन्ने कुरा तिनै फुट्नेलाई समेत राम्रो थाहा हुँदैन । 

पछि प्रजातन्त्रको पुनस्र्थापना पश्चात नेपाली काङ्ग्रेस पनि फुट्यो, दुई वटा भएर । फुटेर जानेले किन गएको पनि खुलाएर भनेनन्, साविककाले समेत केमा कुरो मिलेन भनेनन् । एकथरीले गिरिजाप्रसादलाई दोष लगाए अर्का थरीले शेरबहादुर देउवालाई । एमाले पनि फुट्यो तर एकले अर्कालाई यसरी आक्षेप लगाए तिनलाई समाजमा बसेर भन्न निकै गाह्रो हुन्छ । केही समयपछि काङ्ग्रेस मिल्यो । किन मिल्यो त्यो भनिएन । त्यसपछि एमाले पनि मिल्यो, तिनले पनि भनेनन् किन मिल्यौं भनेर । फुट्दा उछित्तो काडेका कमरेडहरु मिलेपछि एकापसमा साँच्चै कमरेड नै देखिए ।

काङ्ग्रेस र एमाले दुबै फुटेको हेर्दा फुट्ने कारक चाहिँ नेतृत्व हुँदो रहेछ । नेता नेताबीच केले मनमोटाव हुन्छ तिनै जानुन्, बाहिरबाट हेर्दा सत्तासंग टाँसिएको कुर्सी जस्तो लाग्छ । ती नेता माथि फुटेपछि तल तिनका हनुमानहरु पनि स्वतः फुट्दा रहेछन् । काङ्ग्रेस र एमाले दुईबाट चार भएपछि स्वतः साना र कम्जोर हुने नै भए । यसरी ख्याउटे भएपछि लोकतान्त्रिक पद्धतिमा पछि पर्नु अनौठो होइन । फुटेपछिको निर्वाचनमा काङ्ग्रेस पनि हा¥यो, माले एमाले पनि हा¥यो । त्यसैले फेरि चुनाव जित्न त तिनले मिल्नै प¥यो, मिले पनि । 

कुनै पनि कुरा फुटेर पुनः जोड्दा सामान्यतः खत बस्ने नै भयो । अर्थात् एक पटकको फुटले निकै लामो समय असर गर्दो रहेछ । कुनै बिषय प्रसङ्गले यस बेला पनि एमालेभित्रको ठ्याकठुकको कुरा उठ्यो भने जानकारी राख्नेले भनिहाल्छन् ती मालेका र उनी एमालेका हुन् नि त । कांग्रेसको संस्थापन र तान्त्रिक गुटका बारेमा जानकारी नभएको त कोही छैन होला । गए महाअधिवेशनमा देउवा पार्टी सभापति चुनिएपछि भने ती शब्दावलीको प्रयोग हुन छाडेको छ । अहिले देउवा पक्ष र बाँकी पक्ष जस्तो देखिन्छ । बाँकीमा शिटौला अलगै छन् पौडेल अलगै । 

शेरबहादुर देउवा पार्टी सभापतिका साथै प्रधानमन्त्री पनि भएपछि बाँकी दुई खेमा केही ओझेलमा पर्नु स्वाभाविकै हो । अब दोस्रो चरणको निर्वाचन परिणामले यसलाई कति चर्काउँछ कति मिलाउँछ त्यो भने हेर्न बाँकी छ । स्थानीय तहको निर्वाचनमा आप्mनो मानिस उम्मेद्वार बनाउन सबै पार्टीमा सबै गुटका सबै नेता कन्दनी कसेर लागेकै हुन् । यस क्रममा निकै ठाउँमा विवाद उठ्यो । विवाद नठोस् पनि कसरी टिकट पाउने र नपाउनेलाई बीचमा राखेर हेर्दा नपाउने नै गतिलो देखिन्छ ।

वास्तवमा चुनावमा उम्मेद्वारी दिनका लागि दुई वटा आधारबीच सन्तुलन कायम गर्नु पर्ने हो । एक, पार्टीप्रतिको समर्पण, लगानी र प्रतिवद्धता । तर ती कुरालाई मात्रै ध्यानमा राखियो जनमत बुझिएन भने काम पार लाग्दैन । त्यसैले व्यक्तिको लोकप्रियता पनि हेरिनु पर्दछ । यी दुबै पक्षमा सन्तुलन मिलेका उम्मेद्वार कम–कम नै देखिन्छ । त्यसैले असन्तुष्टिहरु देखा पर्नु अस्वाभाविक होइन । 

यता इलाम डाँडामा यसपालि गुटबन्दीले निकै भाउ पाएको देखियो । यहाँ हार जित काङ्ग्रेस र एमाले बीचमै हो । कति ठाउँमा गुटका कारण चुनावका दृष्टिबाट अनुपयुक्त व्यक्तिले पनि टिकट पाए । प्रतिस्पर्धा कस्तो छ भने आप्mनो संगठनको भोट गनेसँगै अर्को पक्षमा हुने अन्तर्घात पनि जोडेर हार जितको चित्र निकाल्ने गरेको देखिन्छ । एकाध ठाउँमा अभैm उम्मेद्वारको टुङ्गो लागेको छैन ।

काङ्ग्रेसले उम्मेद्वार तोक्न ढिलो गर्नाले उसले निकै समस्याको सामना गर्नु परिरहेको छ । जिल्ला कमिटीले गरेको सिफारिसका आधारमा एक जनाले आप्mनो निर्वाचन अभियान थाले पछि केन्द्रले भने अर्कैलाई टिकट दियो । तत्काललाई असन्तुष्टि बढ्नु स्वाभाविक हो । त्यसले परिणामलाई समेत प्रभावित गर्ने सम्भावना रहने नै भयो । सूर्योदय नगरपालिकामा कांग्रेस यस्तै लफडामा फँसेको छ । 

उम्मेद्वारीलाई लिएर दलहरुभित्र असन्तुष्टि निकै नै छ । यस्ता असन्तुष्टहरु मौन प्रायः छन् । उनीहरु अभियानमा लागेका छैनन् । निर्वाचनको मिति छोटिँदै जाँदा यस्तो असन्तुष्टि पनि घट्दै जाला तर त्यो निमिट्यान्नै हुन्छ भन्ने अवस्था चाहिँ छैन । नेताहरु सबै आ–आप्mनो क्षेत्रमा व्यस्त हुनु पर्ने भएकाले विवादग्रस्त क्षेत्रमा समन्वय गर्ने मानिसको पनि अभाव हुँदो रहेछ । त्यसमाथि पार्टीको जिल्ला सभापति आपैm उम्मेद्वार भएपछि त समन्वय गर्ने पनि कसले ?     

यस्ता विवादलाई हेर्दा मैले पुरानो कुरा सम्झिएँ । सन् १९६० को उत्तरार्धतिर अमेरिकामा एउटा भनाइ खुब लोकप्रिय थियो । त्यसको स्टिकर बनाएर युवाहरु आप्mनो मोटरसाइकलमा टाँस्थे । युवतिहरुलाई लक्षित गरिएको त्यो कथनको सार थियो– तिमीलाई कसैले जबर्जस्ति गर्न खोज्यो र त्यसबाट उम्कने कुनै पनि उपाय छैन भने ऊसँग समर्पण गर र यौन सुख भोग । 

पार्टीले टिकट दिएन त के गर्ने ? बिद्रोही उम्मेद्वार बन्ने ? त्यसो गर्नु राजनीतिक जीवन सिध्याउनु मात्रै हो । त्यसैले मन मिचेर पार्टीले टिकट दिएको उम्मेद्वारलाई सघाउन निस्क । भन, म त पार्टीको अनुशासित सिपाही हूँ । मैले माग्दा माग्दै पनि पार्टीले मलाई नदिएर उसलाई टिकट दियो भने मेरो एक मात्र कर्तव्य उसलाई सघाउनु नै हो । मजाले खट्नुस् । तपाईंको उचाइ बढ्छ । अर्को पटकको चुनावमा तपाईंलाई नदिएर सुख ? जनमत स्वतः तपाईंको पक्षमा हुन्छ । सबैले भन्छन्, ऊ पार्टीप्रति वफादार मानिस हो ।

उम्मेद्वारीको विवाद यता काङ्ग्रेसमै बढी देखियो । यस्तो विवाद देखिनु पनि स्वभाविकै हो । दुई दशकमा निर्वाचन लड्ने रहर धेरैमा बढ्नु अनौठो होइन । काङ्ग्रेसलाई मास बेस्ड पार्टी भन्छन् । त्यसैले नै होला यसको चहलपहल चुनाव ताका मात्रै हुन्छ भन्दा खासै फरक पर्दैन । कम्युनिस्टहरु अर्थोक नगरे पनि लेभि तिर्छन् । त्यसले उक प्रकारको आवद्धता कायम रहन्छ संगठनका प्रति ।

काङ्ग्रेस निर्वाचन आएपछि आप्mना शुभेच्छुककहाँ पैसा माग्न पुग्छ । पैसा र भोट एक साथ दिनु पर्दा दिनेलाई अलिक पीरै पर्दो हो । त्यसमाथि पनि सदरमुकामतिरका काङ्ग्रेस त कति स्वच्छन्दतावादी हुन्छन् भने त्यसलाई भनेर साध्य छैन । गाउँका काङ्ग्रेस अलिक प्रतिवद्ध हुन्छन् । त्यसको कारण सुरक्षा रहेछ । सुरक्षित रहनका लागि पनि उनीहरुले सङ्गठीत भएर बस्नु पर्ने । त्यसैले गाउँमा उति धेरै गुटबन्दी छैन । यसपालि साविकका गाउँ र नगर मिलाएर बनाएका नगरपालिकाहरुमा चुनावको रस्साकस्सी हेर्न लायक छ । प्रतिदिन दैनिकबाट
 

प्रतिक्रिया दिनुहोस्