Logo

जेस्ठ नागरिकलाई सम्मान गर्नुपर्छ



केशव खुलाल । मैले त दाजु भाइ दिदी बहिनी बुवा आमा सबैलाई यहीँ चौतारीमा भेटे । जेष्ठ नागरिक तथा अपाङ भेटघाट चौतारी बुद्धशान्ति १ होक्सेमा प्रत्येक शनिवार आयोजना हुने कार्यक्रममा उपस्थित एक जेष्ठ नागरिकको भनार्इ लाई मैले यहाँ जस्ताको तस्तै लेख्ने प्रायस गरेको छु ।
जेष्ठ नागरिक लाई संरक्षण गर्ने उद्धेश्यले सञ्चालित बृद्धाश्रम भन्दा फरक उद्धेश्य रखेर सन्चालन भइरहेको भेटघाट चौतारीमा प्रत्येक शनिवार कारीब ३०० जना जती जेस्ठ नागरिक र अपाङ हरुको उपस्थितिमा धार्मिक, सांस्कृतिक, मनोरञ्जनात्मक साथै धार्मिक स्थलको अवलोकन भ्रमण जस्ता गतिविधी सन्चलन भैरहेको छ । विभिन्न ठाँउवाट आउनुहुने सज्जनहरु ले बेलाबेलामा दिनुहुने सकरात्मक सुजाव र सहयोगले थप उत्साह प्रदान गरेको छ । सन्तान बाट टाडा भएर बास बस्न बनाइएका बृद्धाश्रममा पुगेर त्यहाँका सजिलो असजिलो आवलोकन गरिसक्नु भएका चौतारीमा भेला हुने बुवा आमाहरु बरु जस्तो दिन्छन तेस्तै खाने तर बृद्धाश्रममा चै बस्नु नपरोस भन्ने गर्नु हुन्छ । भेटघाट चौतारीले पनि जेस्ठ नागरिकको भावनाको कदर गर्दै प्रत्येक हप्ता शनिवारका दिन भेला भएर आफ्ना अनुभव अनुभुती साटासट गर्ने थलोको बिकास गर्ने उद्धेश्यले सञ्चालित चौतारिको ब्यवस्थापान गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम सन्चालन गरिरहेको छ ।
साप्तहिक कार्यक्रम संचालन ५ रुपैयाँको दान अर्पण, पर्वमा धर्मिक अनुष्ठान, देउसी भैलो साथै दाता तथा दातृनिकाय सँग समान्वय गरी १८.५ धुर जग्गा र केहि रकम समेतको ब्यवस्थापान भएको छ ।
चौतारिमा भेला भएर भलाकुसारी गर्ने, सत्सङ गर्ने ब्यवस्थित स्थलको अभाव खडकिरहदा समेत सम्पुर्ण जेस्ठ नागरिकहरुकै आगवाइमा दान प्रप्तभएको जमिनमा श्रीमद भागवत सप्तहा ज्ञान महयज्ञ आयोजान गर्ने निश्चय भएको छ । यस यज्ञ ले सम्पुर्ण भक्तजन साथै जेस्ट नागरिकको जिवनमा सकरात्मक परिवर्तन आउछ भन्ने विश्वास छ ।
हाल स्थानिय होक्से कृषी सहकारी को पेरिषरमा सन्चालन भैरहेको कार्यक्रम यज्ञ को प्रभवले निकट भविष्यमानै आफ्नु भावनामा सञ्चालन हुनेछ । यस का लागि तपाईंको सहयोग अपरिहार्य छ ।
यसरी जेष्ठ नागरिक लाई परिवार वाट टाडा राखेर हैन बरु समय कटाउने ब्यवस्थित स्थानको ब्यवस्थापन गरी सन्तानको कर्तब्य पुरा गर्ने हो भने माता पिताको शुभाशिर्वाद सदैव रहने छ ।
दिनको समय आफ्नै दौतरिको साथमा अनि रात्री को समय परिवार सँग मिठो मसिनो खाएर जीवन को अन्तिम अन्तिम समय बिताउन पाउनु पर्छ यस कार्यमा तपाइको पनि उतिकै योगदान हुन आवस्यक छ भन्दै मिती २०७४ मंसिर २२ गते सोभा यात्रा सहित संचालन हुने यज्ञमा तपाईं लाई हृदय बाट नै निमन्त्रणा भन्दै यज्ञ सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्