Logo
  माघ १६, २०७९ सोमबार

यस्तो छ नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास



लक्ष्मीप्रसाद अधिकारी
नेपाली काँग्रेसको र्इतिहासलार्इ सम्झदा माघ १२ गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन मानीन्छ । प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। नेपाली जनतामा नेपाली जनताले अनेकौं आरोहअवरोहलाई छिचोल्दै, आँधि र तुफानी कैयौं ऐतिहासिक घुम्तीबाट अघिबढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ।

नेपाली जनता माजमा यसले निरंकुशताका विरोधको अनेकौं संघर्षमा सधैं आफूलाई समाहित दुख तथा कति सुखत गर्नुपर्यो। नेपाली कांग्रेसको इतिहास कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा रहेका नेपाली जनताले लगाउनु परेको झुत्रो कपडाको ‘पार्सल’ चन्द्र शम्शेरलाई सिंहदरबारमा पठाएकै दिन विसं १९७४ को श्रावणमै प्रारम्भ भएको भएतापनी विधिवत् स्थापना भने त्यसको धेरै पछि विसं २००३ को माघ १२ र १३ गते भारतको कलकत्ता भवानीपुरको अधिवेशनबाट भएको मानीन्छ।


बिश्व परिवेसमा नेपालमा पनि औपनिवेशिक शासनविरुद्धको संघर्षको वातावरणमा युवा विश्वेश्वरप्रसाद कोइरालाको चेतनाका आँखा खुल्दैथिए। एक समय थियो सन् १९२० मा ६ वर्ष पुग्दानपुग्दै बीपीले महात्मा गान्धीको आह्वानमा भारतमा भएको असहयोग आन्दोलनका क्रममा सरकारी विद्यालय बहिष्कार गर्नुभयो। त्यसबेला पनि भारता बिभिन्न ठाउ ठाउमा तथा बिभिन्न सहर सहरमा तथा बनारसको घरघरबाट बेलायती कपडा जम्मागर्दै चोकचोकमा लगेर जलाउने सशक्त युवा स्वयंसेवक भइ अंग्रेज बिरोधि गतिबिधिमा हुनुहुन्थ्यो बीपी।

सन् १९३४ मा आइपुग्दा बीपी भारतीय स्वतन्त्रता संघर्षको एक उज्जल र चमतकारिक वरिष्ठ तरुण नेता भइसक्नु भएको थियो भनि हामीले सन्ने गरेका थियै। त्यही बेला आफ्ना केही थप योजनाका आधारमा समाजवादी समूहले भारतीय राष्ट्रिय कांग्रेसभित्र बेग्लै अस्तित्व कायम राखेर काम गर्न थाल्यो।

समाजवादी समूहको विहार प्रान्तको संगठन सेक्रेटरीको हैसियतले, त्यस समूहको प्रचार एवं किसान, मजदुर र विद्यार्थी संगठनको मुख्य दायित्व बीपीले वहन गर्नुपरेको थियो जुन भारतमा वि।पि ले गरेको योगदान छ आज कता कता छेलिएको जस्तो भान हुन्छ। हरेक दुख र छेडछाड दमनका खातिर किसान, मजदुर र विद्यार्थीले गरेको विभिन्न आन्दोलनलाई नेतृत्व गर्दै बीपीले अनेक धेरै पटक भारतको विभिन्न साना तिना देखि अमानवीय जेलमा समेत रहनुपर्यो ।

राष्ट्रिय कांग्रेसको सन् १९४२ को अगस्तमा बम्बैमा भएको सम्मेलनले ‘भारत छोडो’ (क्विट इन्डिया) आन्दोलनको प्रस्ताव स्वीकृत गर्यो भनि भारतका बिभिन्न ठाउमा व्यापक गिरफ्तारी प्रारम्भ भयो। त्यस समयमा आफु बच्दै भूमिगत रहेर बीपीले विहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व गर्नुभयो। अन्ततः १९४२ को नोभेम्बरमा बीपी पटनामा पक्राउ पर्नुभयो।

सन् १९४४ को उत्तरार्द्धदेखि राजबन्दीहरुको रिहाइको क्रम प्रारम्भ भयो। सन् १९४५ को जनवरी १७ का दिन हजारीवाग जेलबाट धेरै राजवन्दीसँगै बीपी पनि रिहा हुनुभयो। रिहाइको पत्रसँगै जेल कार्यालयमा बीपीले काठमाडौबाट भाइ केशवप्रसाद कोइरालाले पठाएको एउटा टेलिग्राम पनि पाउनुभयो। त्यो पिताजीको निधनको दुःखद समाचार थियो।

वि.सं. २००१ को माघ २ गते पिताजीको काठमाडौंमा बन्दी अवस्थामा निधन भएको थियो।दोस्रो विश्वयुद्धको समाप्तिसँगै धेरै मुलुकबाट औपनिवेशिक शासन समाप्त हुन थाल्यो। भारत पनि स्वतन्त्रता प्राप्तिको नजिकै आइसकेको थियो। सन् १९४६ को अक्टोवर ४ का दिन बीपी कोइरालाले एउटा वक्तव्य दिनु भयो। त्यसमा उहाँले, निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आफ्नो देशप्रतिको कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्नुभएको थियो।


बीपीको आह्वानले भारतमा रहेका र देशभित्रका चेतनशील नेपालीमा नयाँ हलचल ल्यायो। नयाँ उत्साह र नयाँ जागरण ल्यायो। बीपीले भारतको विभिन्न भागमा पुगेर त्यहाँका नेपालीसित भेटघाट गर्नुभयो। अन्तोगत्वा १९४६ को अक्टोवर ३१ ९२००३ कार्तिक १५० का दिन बनारसमा— ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ गठन भयो। एकतन्त्रीय राणाशासनको विरोधमा छिटै एक नयाँ पार्टीको स्थापना गर्न त्यसको अधिवेशन, नाम, झन्डा, विधानआदि सबै तयारीको जिम्मेवारी दिएर यसको गठन गरिएको थियो। त्यसको डिसेम्बर ३ र ४ मा बसेको बैठकले निर्धारण गरेअनुसार वि।सं।

२००३ को माघ १२ र १३, तदनुसार १९४७ को जनवरी २५ र २६ का दिन कलकत्तास्थित भवानीपुरको खाल्सा स्कूलको प्रांगणमा यसको पहिलो अधिवेशन भयो। त्यसमा भाग लिन नेपालका केही प्रमुख स्थानबाट र भारतको विभिन्न भागबाट नेपालीहरू प्रतिनिधि भएर आएका थिए। बीपी कोइरालाको अध्यक्षतामा भएको यो अधिवेशनले नवगठित पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो। यसको झन्डा माथिल्लो भाग सेतो, बीचको हरियो, तल्लो भाग पहेँलो र त्यसको बायाँपट्टिको मध्यभागमा रातो रङ्गको उदाइरहेको सूर्य अंकित थियो। त्यसै दिन यसको विधान र विभिन्न प्रस्ताव पारित गरियो। यसको उद्देश्य ‘अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जनउत्तरदायी सरकारको गठन गर्ने’ रहेको थियो।

नेपालको जेलमा कष्टकर यातना बेहोरिरहेका टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति, बालचन्द्र शर्मा महामन्त्री, डा डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री हुनुहुन्थ्यो। गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डीएन प्रधान, ह्लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी सदस्य तथा ईश्वर बराल कार्यालय सचिव रहनुभएको थियो। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा गणेशमान सिंहको उल्लेखनीय योगदान थियो। उहाँ नेपालको जेलबाट भागेर आएकोले भारतमा पनि उहाँको खोजी भइरहेको थियो। उहाँ भूमिगत हुनुहुन्थ्यो। त्यसैले उहाँ यो कार्यसमितिमा रहनु भएन। यसको केन्द्रीय कार्यालय तत्काललाई काशीमा राखिने र उचित समयमा काठमाडौंमा सारिने, शाखा कार्यालयहरू भारतको विभिन्न स्थानमा राखिने निर्णय गरिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेसको गठनको मूलभूत उद्देश्य एकतन्त्रीय राणा शासनको विरोधमा यथाशीघ्र देशभित्रैबाट सशक्त ढंगले गतिविधि सञ्चालन गर्ने थियो। तदनुसार २००३ को फाल्गुण २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो। नेपाली भूमिमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो। राणाहरूले यसको कठोर दमन गर्न काठमाडौंबाट थप सेना पठाए।

विसं २००३ को चैत्र १२ का दिन बिहानै सेनाले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्योा। उहाँहरूलाई धनकुटा पुर्या,एर, त्यहाँबाट पहाडैपहाड काठमाडौं ल्यायो। त्यसको विरोधमा मजदुरहरूले सशक्त आन्दोलन अघि बढाए। चैत्र १४ गते विशाल जुलुस प्रदर्शन भयो। त्यसमा सेनाले बर्बरतापूर्वक गोली वर्षायो। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरू अनेकौं घाइते भए। बीपीकी आमा दिब्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत दर्जनौंलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो। नेपाली राष्ट्रिय कांग्रेसको चैत्र २७ र २८ गते जोगवनीमा भएको सम्मेलनले पक्राउ परेका सबैलाई चैत्र महिनाभित्र रिहा नगरिए २००४ को बैशाख १ देखि देशब्यापी सत्याग्रह आन्दोलन गर्ने निर्णय गर्यो्।
विसं २००४ को वैशाख १ देखि देशको विभिन्न ठाउँमा सत्याग्रह प्रारम्भ भयो। अनेकौंले गिरफ्तारी दिँदै गए। राजधानी उपत्यकामा महिनौसम्म लगातार अति सशक्त तवरले सत्याग्रह सञ्चालन भइरह्यो। यो सत्याग्रहले राणातन्त्रका निरंकुश शासक ‘श्री ३ महाराज’ लाई सत्याग्रह रोकियोस्, राजबन्दीे रिहाइका साथै संवैधानिक सुधार गर्छु भन्न बाध्य पार्यो । विसं २००४ को भाद्रमा बीपीलाई रिहा गरियो। विसं २००४ को फाल्गुण २० देखि २२ सम्म बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन भयो। त्यसले बीपी कोइरालालाई सभापति छान्यो। यहाँसम्म आइपुग्दा नेपाली राष्ट्रिय कांग्रेस विरोध र संघर्षको प्रतीक सशक्त राजनीतिक पार्टी भएर देशको प्रत्येक भागमा पुगिसकेको थियो। सबै सीमावर्ती स्थानमा यसको शाखा कार्यालय थिए।

विसं २००५ को कार्तिकमा बीपी भूमिगतरूपमा काठमाडौं आउनुभयो। केहीपछि उहाँ पक्राउ पर्नुभयो। उहाँलाई अत्यन्त क्रूरताका साथ एक्लै नेल र हतकडी लगाएर अस्वस्थकर कोठामा राखिएको थियो। केही महिनापछि उहाँले आमरण अनशन सुरु गर्नुभयो। अनशनको २९औं दिनमा मृत्युको मुखैमा पुगेपछि मात्र उहाँलाई २००६ को जेठ १५ गते रिहा गरियो। उहाँ जेलमै रहेको बेला २००५ को फाल्गुण १८, १९ र २० मा दरभङ्गामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो। त्यसले बीपीको यथाशीघ्र रिहा नगरे २००६ को जेठ १८ देखि सत्याग्रह गर्ने निर्णयसहित अरू विभिन्न प्रस्ताव पारित गर्योो। त्यही अधिवेशनले मातृकाप्रसाद कोइरालालाई पार्टीको सभापति छान्यो।

भारतमा रहेका सुवर्ण शम्शेर, महावीर शम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह आदि पनि राणा शासनको विरोधमा संगठन तयार पार्ने योजनामा हुनुहुन्थ्यो। बीपीले उहाँहरूसित भेटेर नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुन विशेष आग्रह गर्नुभएको थियो। नेपाली राष्ट्रिय कांग्रेस अहिंसात्मक मर्यादालाई पूर्णतः पालन गर्ने पार्टी थियो।

नियम र कानुनको परिधिभित्र नरहेको नेपालको निरंकुश हुकुमी शासनको विरोधमा अहिंसात्मक कार्यविधि सर्वथा अनुपयुक्त हुन्छ। त्यसको विरोधमा सशस्त्र संघर्ष गर्नसक्ने संगठनको आवश्यकता छ भन्ने उहाँको धारणा थियो। त्यसैले उहाँहरू नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुनुभएन। विसं २००५ मा उहाँहरूले एउटा बेग्लै पार्टी ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को गठन गर्नु भयो। यसको केन्द्रीय कार्यालय, फ्री स्कूल स्ट्रीट कलकत्तामा र अरू विभिन्न स्थानमा शाखा कार्यालय राखिए।

विसं २००६ को मध्यतिर आइपुग्दा बीपी र नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताले पनि राणाहरूको कठोर निरंकुशता, तिनको बर्बरता र पाशविक व्यवहारलाई नजिकैबाट देखिसक्नु भएको थियो। उहाँहरू सबैलाई राणातन्त्रको विरोधमा अहिंसात्मक पद्धति उपयुक्त हुनसक्तैन भन्ने महसुस हुनथालेको थियो। यसले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको सम्बन्धलाई नजिक पार्दै लग्यो। यी दुई पार्टीका नेता मुख्यतः बीपी र सुवर्णका बीचमा अनेकपटक छलफल र विचार विमर्श भयो। अन्ततः १९५० को अप्रिल ९ अर्थात् २००६ को चैत्र २७ गते कलकत्ताको टाइगर सिनेमा भवनमा यी दुवै पार्टीको प्रतिनिधिको संयुक्त अधिवेशन भयो। त्यही अधिवेशनले यी दुई पार्टीको विधिवत् एकीकरण गरेर ‘नेपाली कांग्रेस’ को गठन गर्योे। यसको सभापतिमा मातृकाप्रसाद कोइराला र महामन्त्रीमा महेन्द्र विक्रम शाह हुनुभयो। दुवै पार्टीबाट चारचार जना केन्द्रीय सदस्य रहने निर्णयअनुसार, यसको सदस्यमा नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सी तथा नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीर शम्शेर र कुँवर कल्लु सिंह रहनु भयो।

नेपाली कांग्रेसले नेपाल प्रजातन्त्र कांग्रेसको झन्डालाई नै स्वीकार गर्यो ।दुई बेग्लाबेग्लै पार्टीको आआफ्नो अस्तित्व कायम राखेर ‘नेपाली कांग्रेस’ को गठन भएको थियो। तर नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र यसको इतिहाससँगै नेपाली कांग्रेसलाई आबद्ध गरियो र एकीकरण अधिवेशनलाई चौथो अधिवेशन मानेर २००३ को माघ १२ लाई नै नेपाली कांग्रेसको स्थापनाको ऐतिहासिक दिन मानियो। नेपाली कांग्रेसको २००७ को ऐतिहासिक जनक्रान्तिले देशमा प्रजातन्त्रको स्थापना गर्योम। त्यसपछि देशभित्रै २००९ को जेठमा जनकपुरमा यसको पाँचौं महाधिवेशन भयो। त्यसबाट अघि बढ्दै नेपाली कांग्रेसले अहिले आफ्नो बाह्रौं महाधिवेशन सम्पन्न गरिसकेको छ।

नेपालमा राणातन्त्रको अन्त्यलगायत प्रजातन्त्रको स्थापना तथा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासम्मका सबै युगान्तकारी परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएका हुन्। देशलाई अघि बढाएर, जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी नेपाली कांग्रेसलाई प्रत्येक वर्षको माघ १२ ले आफ्नो गौरवमय इतिहासको स्मरणगर्दै नयाँ जिम्मेवारीको महसुसगर्न प्रेरणा दिई रहनेछ।
लेखक तथा सँकलक अधिवक्ता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्