काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा-प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकी छन् ।
राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।
राष्ट्रपति भण्डारीले अपराह्न दिनको ४ बजेर १० मिनेटमा संयुक्त सदनलाई सम्बोधन सुरु गरेकी थिइन् ।
सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अर्थात १० अंक नजिकको आर्थिक वृद्धि गर्ने गरी आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिसहितको सन्तुलितरुपमा विकास गरिनेछ जनाएकी छन् ।
सरकारले १० वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ११० बाट १५०० किलोवाट प्रतिघण्टा पु¥याउने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारको यो रणनीति कार्यान्वयन भएका हाल भइरहेको अर्बौँ रुपैयाँको एलपीजी ग्यास विस्थापनको अवस्था आउनेछ ।
नीति तथा कार्यक्रमको पुर्ण पाठ पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।
https://drive.google.com/file/d/1dA_vEWQIslHsvj_D46w0tkA_1A1HzKRN/view